७ चैत्र २०८२, शनिबार । March 22, 2026

आजदेखि सार्वजनिक यातायात व्यवसायीको अनिश्चितकालीन बन्द घोषणा


२० जेष्ठ २०८२, सोमबार  

12
Shares

काठमाडौं । देशभरका सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्।

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक सवारी साधनहरू ग्यारेजमै थन्क्याउने निर्णय गरिएको हो। नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईका अनुसार, गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा व्यक्तिगत प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई व्यावसायिक रूपमा प्रयोग गर्न दिने नियमन ल्याएकोमा विरोध जनाउँदै उक्त नियमावली खारेजको माग गरिएको हो।

राईका अनुसार, यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाएर समस्या समाधानको माग गर्दा समेत सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिने निर्णय लिइएको हो। आइतबार सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिको नाममा जारी विज्ञप्तिमा भनिएको छ, “राइड सेयरिङलाई कानुनी जोगाउने प्रयासले सार्वजनिक यातायातको अस्तित्वमा खतरा उत्पन्न भएको छ। बन्दका कारण पर्न सक्ने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुनेछ।

यात्रु, उपभोक्ता, मजदुर, कर्मचारी सबैले सार्वजनिक यातायात जोगाउन आ-आफ्नो स्थानबाट सहयोग पुर्‍याउन हार्दिक अपिल गर्दछौं।” सार्वजनिक यातायात व्यवसायीहरूले निजी सवारीलाई व्यावसायिक सवारीसरह सञ्चालन गर्न दिनु सार्वजनिक सेवा क्षेत्रमा अन्यायपूर्ण हस्तक्षेप भएको बताएका छन्।

अबको दिनमा यस मुद्दाले सरकार र यातायात व्यवसायीबीच ठूलो बहस निम्त्याउने देखिएको छ।

प्रकाशित मिति : २० जेष्ठ २०८२, सोमबार  ९ : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो