काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका पक्षमा रहेका समूहहरूले आज पनि काठमाडौंमा आन्दोलन जारी राख्ने भएका छन्।
हिजोबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलन आज पनि रत्नपार्कस्थित शान्तिबाटिकामा दोहोरिनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) का अध्यक्ष कमल थापाका अनुसार आन्दोलन दिउँसो १२ बजेदेखि सुरु हुनेछ। यता, दुर्गा प्रसाईं नेतृत्वको अर्को राजावादी अभियान भने राप्रपाको कार्यक्रमसँग नजोडिने भएको छ। प्रसाईं समूहले शुक्रबारदेखि माइतीघर केन्द्रित आन्दोलन सञ्चालन गर्ने जनाएको छ।
राजनीतिक धार र नेतृत्वको आधारमा आन्दोलन छुट्टाछुट्टै मोर्चाबाट अघि बढाइँदैछ।







प्रतिक्रिया