३० चैत्र २०८२, सोमबार । April 14, 2026

टेक्सास कलेजमा नेसनल प्याब्सनको शिक्षक तालिम, ३२७ शिक्षिकाको सहभागिता


१७ जेष्ठ २०८२, शुक्रबार  

24
Shares

काठमाडौँ । नेसनल प्याब्सन काठमाडौँ जिल्ला समितिको आयोजनामा टेक्सास कलेज, मित्रनगरमा आज पूर्वप्राथमिक तथा प्राथमिक तहका शिक्षिकाहरूलाई लक्षित गरी शिक्षक तालिम सम्पन्न भएको छ।

तालिममा काठमाडौँका ४० विद्यालयबाट ३२७ जना शिक्षिकाहरूको सहभागिता रहेको थियो। कार्यक्रमको प्रमुख अतिथि नेसनल प्याब्सनकी संस्थापक अध्यक्ष तथा संविधान सभाकी सदस्य गीता क्षेत्री राणा रहेकी थिइन्। कार्यक्रममा नेसनल प्याब्सन केन्द्रीय समितिका पूर्व अध्यक्ष रितुराज सापकोटा, वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारी, महासचिव प्रताप बहादुर थापा, उपाध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष धर्मराज रेग्मी, टेक्सास कलेजका प्राचार्य श्यामसुन्दर श्रेष्ठ, कार्यक्रम निर्देशक नारायण पोखरेल, प्रशिक्षक अशोक कुमार दाहाल, जिल्ला तथा नगर समिति पदाधिकारीहरू, साथै विभिन्न विद्यालयका प्राचार्यहरूको उपस्थिति रहेको थियो।

तालिमका क्रममा शिक्षण–सिकाइ विधि, माइक्रो टिचिङ र टिचर मोटिभेसनल वर्कशप सञ्चालन गरिएको थियो। तालिमबारे जानकारी दिंदै जिल्ला समिति अध्यक्ष होम बहादुर अधिकारी (मनोज) ले प्रारम्भिक तहका बालबालिकालाई लक्षित गरेर प्रभावकारी शिक्षण विधिको अभ्यास गराउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए।

कार्यक्रमको अध्यक्षता नेसनल प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष अधिकारीले गरेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०८२, शुक्रबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व