३० चैत्र २०८२, सोमबार । April 14, 2026

एसईई अब प्रदेश सरकारको जिम्मामा


१६ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी आर्थिक वर्षदेखि प्रदेश सरकारले सञ्चालन गर्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

बिहीबार संघीय संसदमा बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०८२/८३ को बजेटमार्फत एसईई परीक्षा अब प्रदेशबाट सञ्चालन गरिने जानकारी दिए। हालसम्म एसईई राष्ट्रिय परीक्षा बोर्डको व्यवस्थापनमा हुँदै आएको थियो, जसमा प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्मको कार्य बोर्डले सम्हाल्दै आएको थियो। अब प्रदेश सरकारले सम्पूर्ण प्रक्रिया सञ्चालन गर्ने जिम्मेवारी पाउनेछ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालमै नियमावली संशोधन गर्दै प्रदेशलाई परीक्षा सञ्चालनको अधिकार दिएको भए पनि पूर्ण कार्यान्वयन हुन सकेको थिएन। सरकारले अब बजेटीय नीतिमार्फत यसलाई कार्यान्वयनमा ल्याउने घोषणा गरेको हो।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, बिहिबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व