९ श्रावण २०८३, शनिबार । July 26, 2026

राजावादी प्रदर्शनः काठमाडौंमा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी


१५ जेष्ठ २०८२, बिहिबार  

9
Shares

काठमाडौं । गणतन्त्रको समर्थन र राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै हुने दुई फरक प्रदर्शनलाई मध्यनजर गर्दै काठमाडौँमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले बिहीबार हुने यी कार्यक्रमहरूलाई लक्षित गर्दै सुरक्षा तयारी पूरा भएको जानकारी दिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्थाको पुनःस्थापनाको मागसहितको आन्दोलनको घोषणा गरेको छ भने, अर्कोतर्फ नेकपा एमालेले गणतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दैछ। यि दुई कार्यक्रम एकै दिन परे पनि दुबै पक्ष आमनेसामने नहोस् भन्नका लागि सुरक्षा निकायले विशेष रणनीति बनाएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीका अनुसार, एमालेले बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म आफ्नो कार्यक्रम सम्पन्न गर्ने योजना बनाएको छ। त्यसपछि राप्रपाको आन्दोलन सुरु हुनेछ। ‘हामी दुवै पक्षको कार्यक्रम सुरक्षितरूपमा सम्पन्न होस् भन्ने चाहन्छौं,’ भण्डारीले बताए, ‘आमने–सामनेको स्थिति आउन नदिन सुरक्षाका सबै निकाय तयार अवस्थामा छन्।’

राप्रपाले रत्नपार्क क्षेत्रमै आन्दोलन गर्ने तयारी गरेको छ। यद्यपि जिल्ला प्रशासनबाट अनुमति नलिए पनि प्रवक्ता मोहन श्रेष्ठका अनुसार, सभा नभइ आन्दोलन मात्र हुने भएकाले अनुमति आवश्यक नपर्ने बताइएको छ। राजावादी समूहले विभिन्न स्थानबाट जुलुससहित दिउँसो १ बजे रत्नपार्कमा भेला हुने कार्यक्रम तय गरेको छ। सम्भावित भिडन्त र अप्रिय घटना रोक्नका लागि भृकुटीमण्डप र रत्नपार्क क्षेत्रमा बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

साथै, उक्त क्षेत्रमा ड्रोनमार्फत समेत निगरानी राखिने जनाइएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  १० : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर