२२ माघ २०८२, बुधबार । February 4, 2026

भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकको अडान – “राजीनामा दिन्न, डराउँदिन”



काठमाडौं । भिजिट भिसाका नाममा भइरहेको मानव बेचबिखन प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले आफूलाई जोडेर गरिएको आलोचनाको तीव्र प्रतिवाद गरेका छन्।

उनले प्रतिपक्षी दलहरूको दबाबमा कुनै हालतमा राजीनामा नदिने स्पष्ट अडान सार्वजनिक रूपमा राखेका छन्। मंगलबार र बुधबार संसदमा जवाफ दिन समय मागेका मन्त्री लेखकले विपक्षी दलहरूको अवरोधका कारण बोल्ने मौका नपाएको गुनासो गरे। बुधबार साँझ पत्रकार सम्मेलनमार्फत उनले प्रतिपक्षीहरूप्रति आक्रोश पोख्दै अनेक प्रश्नसमेत उठाए।

“एउटा कर्मचारीमाथि प्रश्न उठ्दैमा राजनीतिक नेतृत्वले हरेकचोटि राजीनामा दिंदै जाने हो भने मुलुक कहाँ पुग्छ?” भन्दै उनले प्रतिपक्षीहरूलाई सावधानी अपनाउन आग्रह गरे। साथसाथै उनले आजको विरोध गर्नेहरू नै भोलिका दिनमा मन्त्री बन्ने सम्भावना भएकाले जिम्मेवारीपूर्वक व्यवहार गर्न सुझाव दिए।

लेखकले भने, “म मात्रै सत्तामा हुने होइन, उहाँहरू पनि पहिले भइसकेका छन्, भोलि फेरि हुनेछन्। अहिले मलाई जोडेर गरिएको आक्रोश भोलिका दिनमा उहाँहरूमाथि पनि यसैगरी आउन सक्छ।” उनले भोलिमा यस्तै परिस्थिति दोहोरिएमा विपक्षी नेताहरूले पनि प्रश्नको सामना गर्नुपर्ने भन्दै एकप्रकारको चेतावनी दिएका छन्। गम्भीर मुद्दाहरूमा चुप लाग्नुपर्ने संकेत दिँदै उनले यस्तो बहसले दण्डहीनतालाई बढावा दिनसक्ने धारणा व्यक्त गरे।

पत्रकार सम्मेलनमा लेखकले विगतमा अन्य मन्त्रीहरूको कार्यकालमा मन्त्रालयभित्रैका कर्मचारीहरूमाथि छानबिन भएको प्रसङ्ग समेत उल्लेख गर्दै, “छानबिन हुनु र मन्त्रीको संलग्नता हुनु फरक कुरा हो,” भन्दै आफूमाथिको आरोपलाई अस्वीकार गरे। यसै क्रममा उनले प्रतिपक्षी दलहरूले राजनीतिक षड्यन्त्र गरेर आफ्नो छवि बिगार्ने प्रयास गरेको आरोप पनि लगाए।

राजीनामा माग्ने विपक्षी दलको दबाबको बीचमा मन्त्री लेखकको यस्तो अडानले अब राजनीतिक वातावरण झन् तात्ने सम्भावना देखिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  ६ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल