१ माघ २०८२, बुधबार । January 14, 2026

सुनको मूल्यमा भारी गिरावट, चाँदीको भाउ पनि घट्यो



काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ।

मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ थियो। यसैगरी, चाँदीको भाउ पनि घटेको छ। मंगलबार प्रतितोला १ हजार ९९५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २ हजार ५ रुपैयाँमा झरेको छ।

नेपालमा सुनचाँदीको मूल्य निर्धारण अन्तर्राष्ट्रिय बजारको दरको आधारमा हुने गर्दछ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार २९७.१६ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदीको भाउ ३३.२७ डलर पुगेको छ।

लगातार मूल्य घट्ने क्रमले बजारमा सुनचाँदी खरिद गर्न चाहने ग्राहकहरूका लागि नयाँ अवसरहरू खुला गराएको व्यवसायीहरूको भनाइ छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बुधबार  १० : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले