१ आश्विन २०८३, बिहिबार । September 17, 2026

लमजुङको सुन्दर बजारमा भीषण आगलागी, ७० वर्षीया वृद्धाको जलेर मृत्यु


१४ जेष्ठ २०८२, बुधबार  

30
Shares

लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका–९ बुद्धटोलमा मंगलबार बिहान भएको आगलागीमा परेर एक वृद्धाको ज्यान गएको छ।

स्थानीय भरत थापाको घरमा डेरा गरी बस्दै आएकी ७० वर्षीया मिठी थापा जलेर गम्भीर घाइते भएपछि उपचारका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल लगिएको थियो। तर, गम्भीर अवस्थाका कारण उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजकिशोर शाहीले जानकारी दिए।

मिठी थापा दोर्दी गाउँपालिका–१ की स्थायी बासिन्दा थिइन्। आगलागी आज बिहान करिब ३:३० बजे भएको हो। प्रहरी र स्थानीयले कोठाको ढोका फोरेर उनलाई उद्दार गरे पनि बचाउन सकिएन। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो दुखद घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १० : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ