३१ आश्विन २०८३, शनिबार । October 17, 2026

आइपीएल: जितेशको तूफानी पारी, बेंगलुरु क्वालिफायरमा


१४ जेष्ठ २०८२, बुधबार  

117
Shares

काठमाडौं । जितेश शर्माको अविश्वसनीय प्रदर्शनले रोयल च्यालेन्जर्स बेंगलुरुलाई आइपीएलको पहिलो क्वालिफायरमा पुर्‍याएको छ।

उनले केवल ३३ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८५ रनको धमाकेदार पारी खेलेपछि बेंगलुरुले २२८ रनको कठिन लक्ष्य सजिलै पूरा गर्न सफल भयो। लखनउ सुपर जायन्ट्सविरुद्धको यस खेलमा बेंगलुरुले १८.४ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कप्तान विराट कोहली ५४ रनमा आउट भएपछि केही समय दबाबमा देखिएको बेंगलुरुका लागि जितेशले साहसी पारी खेलेर टोलीलाई जितसम्म पुर्‍याए।

जितेशले आफ्नो पारीको दौरानमा ४९ रनमा जीवनदान पाएका थिए। दिग्वेश राठीको बलमा उनी क्याच आउट भए पनि त्यो नो बल घोषित भयो, र त्यसपछि उनले विपक्षी बलिङ आक्रमणमाथि क्रूर आक्रमण गरे। लखनउका लागि विलियम ओ’रुर्कले ४ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए भने आवेश खान र आकाश सिंहले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले कप्तान रिषभ पन्तको अविजित शतकको सहयोगमा २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो। पन्तले ११८ रन बनाए भने मिचेल मार्शले ३७ बलमा ६७ रनको आक्रामक योगदान दिए। बेंगलुरुको बलिङतर्फ नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले समान १–१ विकेट लिए।

यो जितसँगै बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै नेट रनरेटका आधारमा पञ्जाबभन्दा पछि दोस्रो स्थानमा रहँदै सिजन सकाएको छ। अब पहिलो क्वालिफायरमा पञ्जाब र बेंगलुरु भिड्नेछन् भने इलिमिनेटर खेलमा गुजरात टाइटान्स र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि