४ असार २०८३, बिहिबार । June 18, 2026

आइपीएल: जितेशको तूफानी पारी, बेंगलुरु क्वालिफायरमा


१४ जेष्ठ २०८२, बुधबार  

117
Shares

काठमाडौं । जितेश शर्माको अविश्वसनीय प्रदर्शनले रोयल च्यालेन्जर्स बेंगलुरुलाई आइपीएलको पहिलो क्वालिफायरमा पुर्‍याएको छ।

उनले केवल ३३ बलमा ८ चौका र ६ छक्का प्रहार गर्दै अविजित ८५ रनको धमाकेदार पारी खेलेपछि बेंगलुरुले २२८ रनको कठिन लक्ष्य सजिलै पूरा गर्न सफल भयो। लखनउ सुपर जायन्ट्सविरुद्धको यस खेलमा बेंगलुरुले १८.४ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो। कप्तान विराट कोहली ५४ रनमा आउट भएपछि केही समय दबाबमा देखिएको बेंगलुरुका लागि जितेशले साहसी पारी खेलेर टोलीलाई जितसम्म पुर्‍याए।

जितेशले आफ्नो पारीको दौरानमा ४९ रनमा जीवनदान पाएका थिए। दिग्वेश राठीको बलमा उनी क्याच आउट भए पनि त्यो नो बल घोषित भयो, र त्यसपछि उनले विपक्षी बलिङ आक्रमणमाथि क्रूर आक्रमण गरे। लखनउका लागि विलियम ओ’रुर्कले ४ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए भने आवेश खान र आकाश सिंहले समान १–१ विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले कप्तान रिषभ पन्तको अविजित शतकको सहयोगमा २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो। पन्तले ११८ रन बनाए भने मिचेल मार्शले ३७ बलमा ६७ रनको आक्रामक योगदान दिए। बेंगलुरुको बलिङतर्फ नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले समान १–१ विकेट लिए।

यो जितसँगै बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै नेट रनरेटका आधारमा पञ्जाबभन्दा पछि दोस्रो स्थानमा रहँदै सिजन सकाएको छ। अब पहिलो क्वालिफायरमा पञ्जाब र बेंगलुरु भिड्नेछन् भने इलिमिनेटर खेलमा गुजरात टाइटान्स र मुम्बई इन्डियन्स आमनेसामने हुनेछन्।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  ७ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा