१ माघ २०८२, बुधबार । January 14, 2026

नेप्से परिसूचकमा हल्का सुधार,०.८५ अंकले वृद्धि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार सामान्य अंकले वृद्धि हुँदै हरियालीमै बन्द भएको छ ।

अघिल्लो दिनको तुलनामा ०.०३ प्रतिशतले सकारात्मक हुँदै नेप्से ०.८५ अंकले उक्लिएको हो । यससँगै समग्र परिसूचक २,६७५.६२ विन्दुमा पुगेको छ । यसअघि सोमबार नेप्से ५.२१ अंकले ओरालो लागेर बन्द भएको थियो । मंगलबारको सेयर कारोबारमा ८५ कम्पनीका सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेका छन् ।

कारोबार विवरणअनुसार कुल ५९,६३३ पटकको लेनदेनमा १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर किनबेच भएका छन्, जसको कुल मूल्य ६ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । तर, अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको देखिएको छ । सोमबार बजारमा ७ अर्ब ५६ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

उपसमूहगत परिसूचक विश्लेषण गर्दा, आज वित्त कम्पनी, होटेल तथा पर्यटन, लगानी, जीवन बिमा, लघुवित्त, निर्जीवन बिमा र अन्य समूहको सूचकमा गिरावट आएको छ । जबकि, बैंकिङ, विकास बैंक, जलविद्युत्, उत्पादन तथा प्रशोधन, सामूहिक लगानी कोष तथा व्यापार समूहले हरियाली प्रदर्शन गरेका छन् ।

हालको बजार गतिविधिले लगानीकर्तामा सावधानीपूर्ण आशावाद देखिएको संकेत गर्छ भने उपसमूहगत उतारचढावले बजारको विविधता स्पष्ट पार्दछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, मंगलबार  ३ : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले