८ चैत्र २०८२, आइतबार । March 22, 2026

आईपीएलः पुछारको चेन्नईसँग शीर्ष स्थानको गुजरात टाइटन्स ८३ रनले पराजित


१३ जेष्ठ २०८२, सोमबार  

48
Shares

एजेन्सी । आईपीएल २०२५ अन्तर्गत आइतबार सम्पन्न खेलमा शीर्ष स्थानमा रहेको गुजरात टाइटन्स पुछारमा रहेको चेन्नई सुपरकिंग्ससँग ८३ रनले पराजित भएको छ।

यस हारले प्लेअफमा प्रवेश गरिसकेको गुजरातको शीर्ष दुईमा स्थान बनाउने सम्भावनालाई चुनौती दिएको छ। पहिले ब्याटिङ गर्दै चेन्नईले ५ विकेट गुमाएर २३० रनको विशाल स्कोर खडा गर्‍यो। डेवान कनवेले ५२ रन र डेवाल्ड ब्रेविसले ५७ रनको योगदान दिए। २३१ रनको लक्ष्य पछ्याएको गुजरात टाइटन्स १८.३ ओभरमै १४७ रनमा समेटियो।

ओपनर साइ सुदर्शनले ४१ रन बनाए पनि अन्य ब्याटरहरूले खास प्रदर्शन गर्न सकेनन्। टोलीले पाँचौ ओभरमै ३ विकेट गुमाउँदै ३० रनमात्र बनाएको थियो। चेन्नईका लागि नूर अहमद र अन्शुल कम्बोजले प्रभावशाली बलिङ गर्दै समान ३-३ विकेट लिएका थिए।

यो नतिजापछि गुजरात टाइटन्सको १४ खेलबाट १८ अंक कायम छ भने दोस्रो स्थानका दाबेदार पञ्जाब किंग्स र आरसीबीसँग १७–१७ अंक र मुम्बई इन्डियन्ससँग १६ अंक छन्।

लिगको अन्तिम खेलसहित चेन्नईले १४ खेलबाट ८ अंक जोडेको छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८२, सोमबार  ७ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो