१ माघ २०८२, बुधबार । January 14, 2026

महिला टी-२० एसिया छनोटः अन्तिम खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल



काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ अन्तर्गत अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्यान्डसँग ७८ रनको हार बेहोरेको छ।

यद्यपि यस हारले नेपालको ऐतिहासिक उपलब्धिमा कुनै असर गरेको छैन, किनभने नेपालले यसअघि नै शीर्ष दुईमा स्थान बनाउँदै विश्वकपको विश्व छनोटमा प्रवेश पक्का गरिसकेको छ। मंगलबार टस जितेर फिल्डिङ रोजेको नेपालले थाइल्यान्डलाई २ विकेटको क्षतिमा १५८ रनमा सीमित गर्न सकेन।

थाइल्यान्डका लागि ओपनर नतायाले ४२ बलमा ५ चौकासहित ५० रन बनाइन् भने अर्की ओपनर अपिसाराले २९ रन र ननापतले नटआउट ५० रनको योगदान दिइन्। नेपालका लागि मनिषा उपाध्याय र राजमति ऐरीले समान रूपमा १-१ विकेट लिए। १५९ रनको विशाल लक्ष्य पछ्याउन उत्रेको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ८० रनमा सीमित भयो। कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाइन्। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

थाइल्यान्डकी बलर ओनिचाले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक सहित ४ विकेट लिइन्। उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गर्दै ह्याट्रिक पूरा गरिन्। थाइल्यान्डले सुपर-३ चरणको सबै खेल जित्दै एसिया छनोटको उपाधि जितेको छ। नेपालले भने सोमबार युएईलाई ५ विकेटले हराउँदै विश्व छनोटमा स्थान सुरक्षित गरिसकेको थियो।

यो नेपालको पहिलो पटक महिला टी-२० विश्वकपको विश्व छनोटमा प्रवेश हो। अब नेपालले सन् २०२५ मै हुने विश्व छनोट खेल्नेछ, जहाँ १० टोलीबीच प्रतिस्पर्धा हुनेछ। तीमध्ये शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा स्थान बनाउनेछन्।

नेपाल महिला टोलीका लागि यो ऐतिहासिक उपलब्धि हो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १२ : ०८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले