७ चैत्र २०८२, शनिबार । March 21, 2026

गाजामा इजरायली आक्रमण तीव्र, २२ जनाको ज्यान गयो


७ जेष्ठ २०८२, मंगलबार  

9
Shares

एजेन्सी । गाजा पट्टीमा सोमबार इजरायली हवाई आक्रमणले कम्तीमा २२ जनाको ज्यान लिएको छ।

गाजाका उद्धारकर्ताहरूका अनुसार इजरायली सेनाले पछिल्ला केही दिनयता आक्रमण झनै तीव्र बनाएको छ। गाजाको नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सलले बताएअनुसार मुख्य सहर गाजा र वरपरका क्षेत्रमा लगातार आक्रमण भइरहेका छन्। खान युनिसमा मात्रै ११ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएका छन्।

उक्त दिन जबलिया सहरको पश्चिमतर्फ रहेको बजार नजिकैको हवाई आक्रमणमा पाँच जनाको ज्यान गएको उनले जानकारी दिएका छन्। त्यस्तै, नुसेइराटस्थित एक पसलमा भएको आक्रमणमा एउटै परिवारका तीन सदस्यले ज्यान गुमाएका छन् भने गाजा सहरको उत्तरतर्फको अर्को पसल लक्षित आक्रमणमा दुई जनाको मृत्यु भएको छ। बेइत लाहियाको एक अस्पतालमा पनि मृत्युको खबर आएको छ तर लगातार बम विष्फोट भइरहेकाले उद्धारकार्य प्रभावित भएको प्रवक्ता बस्सलले बताएका छन्।

हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अस्पताललाई घेराबन्दी गरेर सेवामा बाधा पुर्‍याएको आरोप लगाएको छ। मन्त्रालयका अनुसार सेवाहरू पूर्ण रूपमा ठप्प पार्न बाध्य पारिएको छ। इजरायली सेनाले भने ‘सम्पूर्ण गाजा क्षेत्रमा अभियान सञ्चालन भइरहेको’ भन्दै सोमबारको हवाई कारवाही पछिल्लो कडा कदम भएको दाबी गरेको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  १० : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो