२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

थाइल्याण्डविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल



काठमाडौं । आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपालले आयोजक थाइल्यान्डविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ।

खेल बैंककको टेर्डथाइ क्रिकेट मैदानमा भइरहेको छ। नेपाली कप्तान इन्दु बर्माले टस जितेर पहिला बलिङ गर्ने रणनीति लिइन्। दुबै टोली यसअघि नै ग्लोबल छनोटमा प्रवेश गरिसकेका छन्, तर आजको खेल एसिया छनोटको शीर्ष स्थानको लागि निर्णायक मानिएको छ। हालसम्म टी–२० अन्तर्राष्ट्रियमा नेपालले थाइल्यान्डविरुद्ध एक पटक पनि जित निकाल्न सकेको छैन। दुई राष्ट्रबीच खेलेका सबै ६ खेलमा थाइल्यान्ड विजयी बनेको छ।

विशेषगरी यो वर्षको फेब्रुअरीमा नेपालमा सम्पन्न त्रिकोणात्मक सिरिजमा थाइल्यान्डले नेपाललाई ४ विकेट, ५ रन र ७ विकेटले पराजित गरेको थियो। आजको भिडन्त नेपालका लागि इतिहास रच्ने अवसर पनि हो। प्रतियोगिताको अंकतालिकामा थाइल्यान्ड ८ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपाल ७ अंकसहित दोस्रो स्थानमा छ। आजको खेलमा विजयी हुने टोली एसिया छनोटको विजेता बन्दै विश्वकप ग्लोबल छनोटमा अगाडि बढ्नेछ।

नेपालले थाइल्यान्डविरुद्धको जितले महिला क्रिकेटको आत्मविश्वासमा ठूलो उचाइ थप्नेछ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ८ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको