१ माघ २०८२, बुधबार । January 14, 2026

महिला टी–२० विश्वकप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट एसियाअन्तर्गतको सुपर थ्री चरणमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

यद्यपि दुवै टोलीले यसअघि नै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन्, आजको खेल आत्मबल परीक्षणको रुपमा हेरिएको छ। नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले हराउँदै सुपर–थ्रीको शीर्ष दुईमा स्थान बनाएको थियो। यही नतिजाका आधारमा नेपालले आगामी ग्लोबल छनोटमा सहभागी हुने अवसर सुनिश्चित गरेको हो।

अब नेपालले यही वर्ष आयोजना हुने महिला टी–२० विश्वकप ग्लोबल छनोट खेल्नेछ, जसमा कुल १० टोली प्रतिस्पर्धा गर्नेछन्। सो प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ मा इंग्ल्यान्डमा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान बनाउनेछन्।

आजको खेलको नतिजाले छनोट प्रक्रियामा प्रत्यक्ष असर नपारे पनि, टोलीको मनोबल, संयोजन र रणनीतिक अभ्यासको हिसाबले निकै महत्वपूर्ण हुने विश्वास गरिएको छ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, मंगलबार  ८ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले