१ माघ २०८२, बुधबार । January 14, 2026

यूएईलाई हराउँदै नेपाल ग्लोबल क्वालिफायरमा !



काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक प्रदर्शन गर्दै आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल भएको छ।

सोमबार सम्पन्न खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै सुपर थ्री चरणको पहिलो खेलमै क्वालिफायरमा प्रवेश सुनिश्चित गरेको हो। लगातार दुई खेलमा हार बेहोरेको यूएई भने यस चरणबाट नै बाहिरिएको छ। थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

कप्तान इसा ओजाले ३९ रन, तिथा सतिसले २१, हिना होट्चान्दानीले २० र लावन्या केनीले १२ रनको योगदान दिइन्। नेपालका लागि मनिषा कुमारी उपाध्याय चम्किएकी छिन्, जसले ४ विकेट लिइन्। त्यसैगरी कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिएकी थिइन्। जवाफमा नेपालको इनिङ्स प्रभावशाली रह्यो। कप्तान इन्दु वर्माले २९ रनको योगदान दिइन् भने सम्झना खड्काले २१, रुविना क्षेत्रीले २३ र पूजा महतोले १३ रन बनाउँदै लक्ष्य पछ्याउन मद्दत गरे।

नेपालले ११५ रनको लक्ष्य ३ बल बाँकी छँदै भेट्न सफल भयो। यो जितसँगै नेपालले पहिलोपटक ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको हो, जुन महिला क्रिकेटको क्षेत्रमा निकै ठूलो सफलता मानिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले