२२ माघ २०८२, बुधबार । February 5, 2026

यूएईलाई हराउँदै नेपाल ग्लोबल क्वालिफायरमा !



काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक प्रदर्शन गर्दै आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तर्गतको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल भएको छ।

सोमबार सम्पन्न खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै सुपर थ्री चरणको पहिलो खेलमै क्वालिफायरमा प्रवेश सुनिश्चित गरेको हो। लगातार दुई खेलमा हार बेहोरेको यूएई भने यस चरणबाट नै बाहिरिएको छ। थाइल्यान्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

कप्तान इसा ओजाले ३९ रन, तिथा सतिसले २१, हिना होट्चान्दानीले २० र लावन्या केनीले १२ रनको योगदान दिइन्। नेपालका लागि मनिषा कुमारी उपाध्याय चम्किएकी छिन्, जसले ४ विकेट लिइन्। त्यसैगरी कविता कुँवरले २ र राजमती ऐरीले १ विकेट लिएकी थिइन्। जवाफमा नेपालको इनिङ्स प्रभावशाली रह्यो। कप्तान इन्दु वर्माले २९ रनको योगदान दिइन् भने सम्झना खड्काले २१, रुविना क्षेत्रीले २३ र पूजा महतोले १३ रन बनाउँदै लक्ष्य पछ्याउन मद्दत गरे।

नेपालले ११५ रनको लक्ष्य ३ बल बाँकी छँदै भेट्न सफल भयो। यो जितसँगै नेपालले पहिलोपटक ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल भएको हो, जुन महिला क्रिकेटको क्षेत्रमा निकै ठूलो सफलता मानिएको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १२ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल