१ माघ २०८२, बुधबार । January 14, 2026

महिला टी–२० एसिया छनोट : युएईले दिएको ११५ रनको लक्ष्य पछ्याउँदै नेपाल



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ चरणको निर्णायक खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिडिरहेका छन्।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले यूएईलाई २० ओभरमा ७ विकेटमा ११४ रनमै सीमित गर्न सफल भयो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। उनले ३९ बलमा १ छक्का र २ चौका प्रहार गरिन्। ओपनर तीर्था सतिशले २१ रन, हिना होच्दानीले २० रन र लावन्य केनीले १२ रन बनाए।

नेपालका लागि बलिङतर्फ मनिशा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारिन्। कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिइन्। अब नेपालले ११५ रनको लक्ष्य पछ्याइरहेको छ। यो खेल दुवै टिमका लागि अत्यन्तै महत्वपूर्ण छ, किनकि विजेता टोलीले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ।

सुपर–३ को पहिलो खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै पहिला नै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले