८ चैत्र २०८२, आइतबार । March 22, 2026

महिला टी–२० एसिया छनोट : युएईले दिएको ११५ रनको लक्ष्य पछ्याउँदै नेपाल


६ जेष्ठ २०८२, सोमबार  

57
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ चरणको निर्णायक खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) भिडिरहेका छन्।

थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ रोजेको नेपालले यूएईलाई २० ओभरमा ७ विकेटमा ११४ रनमै सीमित गर्न सफल भयो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रनको योगदान दिइन्। उनले ३९ बलमा १ छक्का र २ चौका प्रहार गरिन्। ओपनर तीर्था सतिशले २१ रन, हिना होच्दानीले २० रन र लावन्य केनीले १२ रन बनाए।

नेपालका लागि बलिङतर्फ मनिशा उपाध्यायले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट हात पारिन्। कविता कुँवरले २ तथा राजमती ऐरीले १ विकेट लिइन्। अब नेपालले ११५ रनको लक्ष्य पछ्याइरहेको छ। यो खेल दुवै टिमका लागि अत्यन्तै महत्वपूर्ण छ, किनकि विजेता टोलीले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछ।

सुपर–३ को पहिलो खेलमा थाइल्याण्डले यूएईलाई ५४ रनले हराउँदै पहिला नै ग्लोबल छनोटमा स्थान बनाइसकेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, सोमबार  १० : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो