२८ मंसिर २०८२, शनिबार । December 13, 2025

ब्रुकलिन ब्रिजमा ठोक्किँदा मेक्सिकन नौसेनाको जहाज क्षतिग्रस्त, केही घाइते



न्युयोर्क। न्यूयोर्क सहरको प्रसिद्ध ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेनाको एक प्रशिक्षण जहाज क्षतिग्रस्त भएको छ। विशेष समारोहमा सहभागी हुन न्यूयोर्क आएको उक्त जहाज शनिबार साँझ दुर्घटनामा परेको हो।

सो जहाज पुलमुनिबाट गुज्रिँदै गर्दा त्यसको अग्लो खम्बा पुलमा ठोक्किएको भिडियो सार्वजनिक भइसकेको छ। ठोक्किएपछि खम्बाको केही भाग भाँचिएर जहाजमै खसेको जनाइएको छ। स्थानीय मिडियाका अनुसार, घटनामा केही व्यक्ति घाइते भएका छन् भने न्युयोर्क सिटीको आपतकालीन व्यवस्थापन एजेन्सी उद्धार तथा राहत कार्यमा खटिएको छ। यद्यपि विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

मेक्सिकन नौसेनाले जहाजमा क्षति पुगेको पुष्टि गर्दै हाल घटनाको औपचारिक अनुसन्धान सुरु भइसकेको जनाएको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले