१ माघ २०८२, बुधबार । January 14, 2026

अस्पतालमै बमको बर्षाः गाजामा एकै रात १ सय १४ मारिए



एजेन्सी । इजरायलले गाजा क्षेत्रमा गएरातिदेखि तीव्र हवाई आक्रमण सुरु गरेको छ, जसमा हालसम्म कम्तीमा ११४ जनाको ज्यान गएको छ।

हमला अस्पताल, शरणार्थी शिविरलगायत स्थानहरूमा केन्द्रित भएको बताइएको छ। खान युनिसस्थित युरोपेली–गाजा अस्पतालमा मात्रै २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। अस्पतालमा स्वयंसेवीरूपमा कार्यरत बेलायती सर्जन डा. टम पोटोकारका अनुसार लडाकु विमानबाट एकैपटक ६ वटा बम खसालिएको थियो।

उनले अस्पताल भग्नावशेषमा परिणत भएको भिडियोसमेत सार्वजनिक गरेका छन्। इजरायलले गाजामा १० हप्तादेखि राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध लगाउँदै आएको छ। यसबीचमा सञ्चारकर्मीलाई समेत क्षेत्र प्रवेश गर्न नदिएको जनाइएको छ। औषधि, खानेपानीलगायत आधारभूत आवश्यकतामा चरम अभाव देखिएको छ।

तर, इजरायली पक्षले भने गाजामा खाद्य संकट नरहेको दाबी गर्दै आएको छ। इजरायल र हमासबीच सन् २०२३ को अक्टोबर ७ बाट सुरु भएको युद्धमा हालसम्म गाजामा झण्डै ५३ हजार मानिसले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ९ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले