६ चैत्र २०८२, शुक्रबार । March 21, 2026

कुलेखानी-कलङ्की-हुमाने सडक आजदेखि १९ दिन बन्द


३ जेष्ठ २०८२, शुक्रबार  

9
Shares

काठमाडौं । हेटौँडा आवतजावतमा प्रयोग हुने कुलेखानी–कलङ्की–हुमाने सडक खण्ड आज शुक्रबार (जेठ २ गते) देखि मर्मतसम्भारका लागि १९ दिनका लागि पूर्ण रूपमा बन्द गरिने भएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक तथा यात्रुहरूलाई अनुरोध गरेको छ। नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले स्थानीय प्रशासनसँगको समन्वयमा सडक मर्मतको निर्णय भएको जानकारी दिए। उहाँले सर्वसाधारणलाई अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले सूचना सार्वजनिक गरिएको बताए।

मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकाभित्र पर्ने उक्त सडकखण्ड कालोपत्रे गर्ने काम जेठ २ गतेदेखि २० गतेसम्म (१९ दिन) चल्ने जनाइएको छ। यस अवधिमा सवारी आवागमन पूर्ण रूपमा रोकिनेछ। प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ। हेटौँडा–काठमाडौँ वा काठमाडौँ–हेटौँडा यात्रा गर्नुपर्ने यात्रुहरूले कान्तिलोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

स्थानीय तह र प्रशासनबीचको सहकार्यमा सडक पूर्णरूपमा बन्द गरेर निर्माण कार्य सम्पन्न गरिने जानकारी दिइएको छ। यात्रुहरूले असुविधा भोग्न नपरोस् भनेर पूर्व जानकारीका लागि सूचना सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो