२९ पुस २०८२, मंगलबार । January 14, 2026

नेपालको सुपर थ्री यात्रा आजको खेलमा निर्भर, हङकङ र बहराइन भिड्दै



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटअन्तर्गत समूह चरणको अन्तिम तथा महत्वपूर्ण खेल आज हङकङ र बहराइनबीच हुँदैछ।

बैंककस्थित एआईटी मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरू हुनेछ। यो खेलले नेपाली टोलीको आगामी यात्रा अर्थात् ‘सुपर थ्री’ मा स्थान सुनिश्चित हुन्छ कि हुँदैन भन्ने निर्णय दिनेछ। हङकङले यदि बहराइनसँग पराजय बेहोर्नुपर्‍यो भने नेपाल सुपर थ्रीमा प्रवेश गर्नेछ। तर खेल बराबरीमा सकिएमा नेट रनरेटको आधारमा हङकङले नेपाललाई पछि पार्दै अघि बढ्नेछ।

हिजो भएको खेलमा नेपालले बहराइनलाई डीएलएस प्रणालीअनुसार ६ विकेटले पराजित गर्दै समूह ‘सी’ को शीर्ष स्थानमा ४ खेलमा ५ अंकसहित उक्लिएको छ। बहराइन ३ खेलबाट केवल १ अंकसहित पुछारमा छ भने हङकङ ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ। यस प्रतियोगितामा ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ।

प्रत्येक समूहको विजेता टोली मात्र सुपर थ्री चरणमा पुग्नेछन्। त्यसपछि सुपर थ्रीको शीर्ष दुई टोलीले आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्नेछन्।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शुक्रबार  ७ : ५३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले