३ आश्विन २०८३, शनिबार । September 20, 2026

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु


१ जेष्ठ २०८२, बिहिबार  

15
Shares

एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार बिहान गराएको सघन हवाई आक्रमणमा ८० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। जबालियास्थित इन्डोनेसियाली अस्पतालका अनुसार मृतकमध्ये २२ जना बालबालिका र १५ जना महिला रहेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो आक्रमण हमासद्वारा एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरिएको एक दिनपछि भएको हो। इजरायली सेनाले आक्रमणबारे कुनै आधिकारिक प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।

स्रोतहरूका अनुसार जबालिया क्षेत्रमा हमासको पूर्वाधार रहेको भन्दै मङ्गलबार राति स्थानीय बासिन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। चेतावनीपछि गरिएको आक्रमणले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

स्थिति थप जटिल बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहिबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली