१ माघ २०८२, बुधबार । January 14, 2026

गाजामा इजरायली आक्रमण: ८० जनाभन्दा बढीको मृत्यु



एजेन्सी । उत्तरी गाजामा इजरायली सेनाले मङ्गलबार राति र बुधबार बिहान गराएको सघन हवाई आक्रमणमा ८० जनाभन्दा बढीले ज्यान गुमाएका छन्। जबालियास्थित इन्डोनेसियाली अस्पतालका अनुसार मृतकमध्ये २२ जना बालबालिका र १५ जना महिला रहेका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो आक्रमण हमासद्वारा एक इजरायली–अमेरिकी बन्धकको रिहाइमा मध्यस्थता गरिएको एक दिनपछि भएको हो। इजरायली सेनाले आक्रमणबारे कुनै आधिकारिक प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ।

स्रोतहरूका अनुसार जबालिया क्षेत्रमा हमासको पूर्वाधार रहेको भन्दै मङ्गलबार राति स्थानीय बासिन्दाहरूलाई क्षेत्र खाली गर्न चेतावनी दिइएको थियो। चेतावनीपछि गरिएको आक्रमणले ठूलो जनधनको क्षति पुर्‍याएको छ।

स्थिति थप जटिल बन्दै गइरहेका बेला अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेका छन्।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले