१ माघ २०८२, बुधबार । January 14, 2026

सतुंगलको कपडा पसलमा भीषण आगलागी, ६ दमकलको प्रयासपछि नियन्त्रणमा



काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगल चोकस्थित एक व्यवसायिक कम्प्लेक्समा आज बिहान भीषण आगलागी भएको छ। बिहान साढे ५ बजे विद्युत सर्टको कारण भएको आगलागीले कम्प्लेक्सभित्रको कपडा पसलमा ठूलो क्षति पु¥याएको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, शस्त्र प्रहरी, नेपाली सेना र दमकल टोलीको सहकार्यमा तत्काल उद्धार कार्य सुरु गरिएको थियो।

चन्द्रागिरी नगरपालिकाको दमकलसहित नेपाली सेना विपद् व्यवस्थापन गणबाट १, नेपाल आयल निगम थानकोटबाट १, जुद्ध बारुण यन्त्रबाट २ र ललितपुर महानगरपालिकाबाट १ गरी ६ वटा दमकल परिचालन गरिएको थियो।

द्रुत र संयुक्त प्रयासपछि अहिले आगो नियन्त्रणमा ल्याइएको छ। यद्यपि आगलागीबाट कति क्षति भयो भन्ने विवरण हालसम्म यकिन भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  ८ : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले