१ माघ २०८२, बुधबार । January 14, 2026

क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको घोषणा



काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका चर्चित खेलाडी सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौताबाट बाहिरिने घोषणा गरेका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै उनले उक्त निर्णय व्यक्तिगत र व्यावसायिक विकासको मार्गमा अघि बढ्ने कदम भएको स्पष्ट पारेका छन्। “धेरै सोचविचारपछि मैले यसपटकको लागि क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा नबस्ने निर्णय गरेको छु,” सन्दीपले भनेका छन्, “यो क्रिकेट वा देशप्रतिको माया घटेको होइन, बरु आफ्नो व्यक्तिगत तथा व्यावसायिक उन्नतिको दिशामा लिएको एक कदम मात्र हो।”

उनको यो निर्णयले नेपाली क्रिकेट समर्थकहरूलाई केही हदसम्म चकित पारे पनि, उनले राष्ट्र र क्रिकेटप्रतिको प्रतिबद्धता कायम रहेको उल्लेख गरेका छन्। अब सन्दीपले कुन बाटो समात्ने हुन् भन्ने चासो व्यापक रूपमा फैलिएको छ, तर उनका समर्थकहरूले उनको निर्णयको सम्मान गर्दै आगामी दिनमा अझ प्रगति गर्ने विश्वास व्यक्त गरिरहेका छन्।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बुधबार  २ : ०२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले