६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन


३० बैशाख २०८२, मंगलबार  

144
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ।

वर्षाले छोट्याइएको खेलमा थाइल्यान्डको एआईटी मैदानमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमै ३ विकेट गुमाएर सजिलै भेट्टायो। हङकङका लागि शनजीन शाहजादले नटआउट १५ रनको योगदान दिइन् भने नेपालकी कविता कुँवरले २ विकेट हात पारिन्। टस हारेर ब्याटिङका लागि मैदान उत्रिएको नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनाएको थियो। नेपालको तर्फबाट सम्झना कुमारी खड्काले सबैभन्दा धेरै १० रन जोडिन्।

हङकङकी मे वे सु तीन विकेट लिँदै बलिङमा चम्किएकी थिइन्। यसअघि, नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो। नेपाल र हङकङबीचको पहिलो भेट वर्षाले रद्द भएको थियो। अब नेपालले बिहीबार फेरि बहराइनसँग खेल्नेछ।

प्रतियोगितामा कुल ९ टिम सहभागी छन्। नेपाल, हङकङ र बहराइन समूह ‘सी’ मा रहेका छन् भने समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत र भुटान र समूह ‘बी’ मा मलेशिया, कतार र यूएई रहेका छन्। प्रत्येक समूहको शीर्ष टिम ‘सुपर थ्री’ चरणमा पुग्नेछन् र त्यसपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा