१ माघ २०८२, बुधबार । January 14, 2026

हङकङसँग ७ विकेटले पराजित भयो नेपाल, ग्लोबल छनोट यात्रा कठिन



काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एशिया छनोटको आजको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ।

वर्षाले छोट्याइएको खेलमा थाइल्यान्डको एआईटी मैदानमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४ ओभर ३ बलमै ३ विकेट गुमाएर सजिलै भेट्टायो। हङकङका लागि शनजीन शाहजादले नटआउट १५ रनको योगदान दिइन् भने नेपालकी कविता कुँवरले २ विकेट हात पारिन्। टस हारेर ब्याटिङका लागि मैदान उत्रिएको नेपालले ५ ओभरमा ३ विकेट गुमाएर २९ रन बनाएको थियो। नेपालको तर्फबाट सम्झना कुमारी खड्काले सबैभन्दा धेरै १० रन जोडिन्।

हङकङकी मे वे सु तीन विकेट लिँदै बलिङमा चम्किएकी थिइन्। यसअघि, नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको शानदार सुरुवात गरेको थियो। नेपाल र हङकङबीचको पहिलो भेट वर्षाले रद्द भएको थियो। अब नेपालले बिहीबार फेरि बहराइनसँग खेल्नेछ।

प्रतियोगितामा कुल ९ टिम सहभागी छन्। नेपाल, हङकङ र बहराइन समूह ‘सी’ मा रहेका छन् भने समूह ‘ए’ मा थाइल्यान्ड, कुवेत र भुटान र समूह ‘बी’ मा मलेशिया, कतार र यूएई रहेका छन्। प्रत्येक समूहको शीर्ष टिम ‘सुपर थ्री’ चरणमा पुग्नेछन् र त्यसपछि शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले