काठमाडौं । थाइल्यान्डको एआईटी मैदानमा जारी आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट अन्तर्गतको खेलमा नेपालले हङकङलाई ३० रनको लक्ष्य दिएको छ।
टस हारेर पहिले ब्याटिङको मौका पाएको नेपालले वर्षाका कारण ५ ओभरमा छोट्याइएको खेलमा ३ विकेट गुमाउँदै २९ रन बनायो। नेपालका लागि सम्झना कुमारी खड्काले सबैभन्दा धेरै १० रनको योगदान दिइन्। हङकङकी मे वे सु प्रभावशाली बलिङ गर्दै ३ विकेट लिन सफल भइन्।
यसअघि, नेपालले पहिलो खेलमा बहराइनलाई ९ विकेटले पराजित गरेको थियो भने हङकङविरुद्धको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। नेपालले आउँदो बिहीबार फेरि बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। एशिया छनोटमा ९ टोली सहभागी छन्। नेपाल, हङकङ र बहराइन समूह सी मा परेका छन् भने समूह ए मा आयोजक थाइल्यान्ड, कुवेत र भुटान छन्।
समूह बी मा मलेशिया, कतार र यूएई रहेका छन्। प्रत्येक समूहबाट शीर्ष टोलीहरू ‘सुपर थ्री’ चरणमा प्रवेश गर्नेछन्। सो चरणको शीर्ष दुई टोलीले ग्लोबल छनोटमा स्थान बनाउनेछन्।







प्रतिक्रिया