१ माघ २०८२, बुधबार । January 14, 2026

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै



काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज साँझ घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ।

सेमिफाइनल पुगिसकेका दुवै टिमबीच अब समूह ‘बी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित भिडन्त हुन लागेको हो। खेल युपियास्थित गोल्डेन जुबिली रङ्गशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ। नेपाल र भारत यस प्रतियोगिताको इतिहासमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। समूह चरणमा दुबै टिमले श्रीलंकामाथि सहज जित निकालेका छन्—नेपालले श्रीलंकालाई ५–० ले हराएको थियो भने भारतले ८–० को फराकिलो जित दर्ता गर्‍यो।

समूह ‘ए’ तर्फ पनि सेमिफाइनल पुग्ने अन्तिम टिम आजै तय हुँदैछ। बंगलादेश ४ अंकका साथ पहिल्यै सेमिफाइनल प्रवेश गरिसकेको छ। भुटान र माल्दिभ्सबीच हुने आजको खेल निर्णायक हुनेछ। भुटानले सेमिफाइनलमा पुग्न जित्नैपर्ने छ, जबकि माल्दिभ्स बराबरी गरे पनि अघिल्लो चरणमा पुग्नेछ। यसअघि बंगलादेशले माल्दिभ्ससँग २–२ को बराबरी खेलेको र भुटानलाई ३–० ले हराएको थियो।

नेपालले सन् २०१५ मा पहिलो पटक आयोजित साफ यू-१९ च्याम्पियनसिप जितेको थियो। त्यसपछि सन् २०१७ मा यू-१८ संस्करणको उपाधि पनि हात पार्‍यो। पछिल्लो संस्करणमा भने नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले