८ चैत्र २०८२, आइतबार । March 22, 2026

साफ यू-१९ः सेमिफाइनल पुगिसकेको नेपाल र भारत भिड्दै


३० बैशाख २०८२, मंगलबार  

75
Shares

काठमाडौं । भारतको भुवनेश्वरमा जारी साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत नेपालले आज साँझ घरेलु टोली भारतसँग प्रतिस्पर्धा गर्दैछ।

सेमिफाइनल पुगिसकेका दुवै टिमबीच अब समूह ‘बी’ को शीर्ष स्थान सुनिश्चित गर्ने लक्ष्यसहित भिडन्त हुन लागेको हो। खेल युपियास्थित गोल्डेन जुबिली रङ्गशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ। नेपाल र भारत यस प्रतियोगिताको इतिहासमा तेस्रो पटक आमनेसामने हुन लागेका हुन्। समूह चरणमा दुबै टिमले श्रीलंकामाथि सहज जित निकालेका छन्—नेपालले श्रीलंकालाई ५–० ले हराएको थियो भने भारतले ८–० को फराकिलो जित दर्ता गर्‍यो।

समूह ‘ए’ तर्फ पनि सेमिफाइनल पुग्ने अन्तिम टिम आजै तय हुँदैछ। बंगलादेश ४ अंकका साथ पहिल्यै सेमिफाइनल प्रवेश गरिसकेको छ। भुटान र माल्दिभ्सबीच हुने आजको खेल निर्णायक हुनेछ। भुटानले सेमिफाइनलमा पुग्न जित्नैपर्ने छ, जबकि माल्दिभ्स बराबरी गरे पनि अघिल्लो चरणमा पुग्नेछ। यसअघि बंगलादेशले माल्दिभ्ससँग २–२ को बराबरी खेलेको र भुटानलाई ३–० ले हराएको थियो।

नेपालले सन् २०१५ मा पहिलो पटक आयोजित साफ यू-१९ च्याम्पियनसिप जितेको थियो। त्यसपछि सन् २०१७ मा यू-१८ संस्करणको उपाधि पनि हात पार्‍यो। पछिल्लो संस्करणमा भने नेपाल बंगलादेशसँग फाइनलमा पराजित भएको थियो।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  १२ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो