१० चैत्र २०८२, मंगलबार । March 24, 2026

युद्धविरामपछि आईपीएल फेरि सुरु, जेठ ३ देखि बाँकी खेल संचालन हुने


३० बैशाख २०८२, मंगलबार  

42
Shares

एजेन्सी । भारत–पाकिस्तानबीचको पछिल्लो सैन्य तनावका कारण स्थगित इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता अब पुनः सञ्चालन हुने भएको छ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरूको नयाँ तालिका सार्वजनिक गर्दै जेठ ३ गते (मे १७) शनिबारदेखि पुनः प्रतिस्पर्धा सुरु हुने जनाएको छ। परिमार्जित तालिकाअनुसार पहिलो खेल रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर) बीच हुनेछ।

यसैगरी, जेठ ४ गते आइतबार दुईवटा खेल हुनेछन्। पछिल्लो पटक धर्मशालामा पंजाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल जारी रहँदा अचानक युद्धको स्थितिका कारण खेल स्थगित गरिएको थियो। युद्धविराम घोषणा भएपछि बीसीसीआईले बाँकी प्रतियोगिता फेरि संचालन गर्ने निर्णय लिएको हो।

परिमार्जित कार्यक्रम अनुसार:

  • क्वालिफायर १: जेठ १५
  • इलिमिनेटर खेल: जेठ १६
  • क्वालिफायर २: जेठ १८
  • फाइनल खेल: जेठ २०

आईपीएलका बाँकी खेलहरू दर्शकहरूका लागि थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ, विशेषतः तनावपछि खेल पुनः सुरु हुन लागेको सन्दर्भमा।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali