२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

पाकिस्तानी सेनाप्रमुखको चेतावनीः भारतले हामीलाई तर्साउन सक्दैन



एजेन्सी । भारतसँग चुलिँदै गएको तनावको पृष्ठभूमिमा पाकिस्तानी सेनाप्रमुख जनरल असीम मुनीरले आफ्नो देश क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका छन्।

उनले पाकिस्तानलाई कसैले पनि डर देखाएर झुकाउन नसक्ने चेतावनी दिए। “भारत जतिसुकै सैन्य शक्ति भएको मुलुक होस्, हामीलाई तर्साउन सक्दैन,” सोमबार सार्वजनिक सम्बोधनका क्रममा मुनीरले स्पष्ट रूपमा भने। उनले भारतको हतियार, संख्या र शक्ति भन्दा पनि युद्धमा मुख्य कुरा रणनीति र कौशलताले निर्णायक भूमिका खेल्ने उल्लेख गरे।

“सेनाको संख्याभन्दा पनि यसको कौशल र मनोबलले जीत सुनिश्चित गर्छ,” उनले थपे, “हामीले विगतमा पनि यो प्रमाणित गरिसकेका छौं।” जनरल मुनीरले धार्मिक दृष्टान्त उल्लेख गर्दै भने, “कुरानमा लेखिएको छ— सानो समूहले पनि कहिलेकाहीँ ठुलो समूहलाई परास्त गर्न सक्छ। आज पाकिस्तानका सेना र नागरिकहरू एउटै ढुङ्गा बनेर उभिएका छन्। हामी कुनै पनि विदेशी आक्रमणको विरोधमा स्टिलको पर्खालसरह एकताबद्ध छौं।”

उनले भारतको पछिल्ला सैन्य गतिविधिहरूलाई प्रतिक्रिया दिँदै पाकिस्तानले आफ्नो स्वाभिमानको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए। “भारतीय सेनालाई जवाफ दिने हाम्रो प्रतिबद्धता अब पुरा भइसकेको छ,” उनले जोड दिए।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको