४ बैशाख २०८३, शुक्रबार । April 18, 2026

पाकिस्तानी सेनाप्रमुखको चेतावनीः भारतले हामीलाई तर्साउन सक्दैन


३० बैशाख २०८२, मंगलबार  

39
Shares

एजेन्सी । भारतसँग चुलिँदै गएको तनावको पृष्ठभूमिमा पाकिस्तानी सेनाप्रमुख जनरल असीम मुनीरले आफ्नो देश क्षेत्रीय अखण्डता र सार्वभौमिकताको रक्षा गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरेका छन्।

उनले पाकिस्तानलाई कसैले पनि डर देखाएर झुकाउन नसक्ने चेतावनी दिए। “भारत जतिसुकै सैन्य शक्ति भएको मुलुक होस्, हामीलाई तर्साउन सक्दैन,” सोमबार सार्वजनिक सम्बोधनका क्रममा मुनीरले स्पष्ट रूपमा भने। उनले भारतको हतियार, संख्या र शक्ति भन्दा पनि युद्धमा मुख्य कुरा रणनीति र कौशलताले निर्णायक भूमिका खेल्ने उल्लेख गरे।

“सेनाको संख्याभन्दा पनि यसको कौशल र मनोबलले जीत सुनिश्चित गर्छ,” उनले थपे, “हामीले विगतमा पनि यो प्रमाणित गरिसकेका छौं।” जनरल मुनीरले धार्मिक दृष्टान्त उल्लेख गर्दै भने, “कुरानमा लेखिएको छ— सानो समूहले पनि कहिलेकाहीँ ठुलो समूहलाई परास्त गर्न सक्छ। आज पाकिस्तानका सेना र नागरिकहरू एउटै ढुङ्गा बनेर उभिएका छन्। हामी कुनै पनि विदेशी आक्रमणको विरोधमा स्टिलको पर्खालसरह एकताबद्ध छौं।”

उनले भारतको पछिल्ला सैन्य गतिविधिहरूलाई प्रतिक्रिया दिँदै पाकिस्तानले आफ्नो स्वाभिमानको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए। “भारतीय सेनालाई जवाफ दिने हाम्रो प्रतिबद्धता अब पुरा भइसकेको छ,” उनले जोड दिए।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित