२ बैशाख २०८३, बुधबार । April 16, 2026

“अपरेशन सिन्दूर”: आतङ्कवादविरुद्ध भारतको निर्णायक प्रहार: प्रधानमन्त्री मोदी


३० बैशाख २०८२, मंगलबार  

15
Shares

नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले “अपरेशन सिन्दूर”लाई आतङ्कवादविरुद्धको निर्णायक कारबाहीको ऐतिहासिक मिसालको रूपमा प्रस्तुत गरेका छन्।

पाकिस्तानसँगको युद्धविराम सम्झौतापछि राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले भारतीय सेनाको साहस, रणनीति र बलिदानको उच्च प्रशंसा गरे। “अपरेशन सिन्दूर”का क्रममा भारतीय सेनाले देखाएको अद्वितीय बहादुरी र आक्रोशपूर्ण जवाफको चर्चा गर्दै प्रधानमन्त्री मोदीले भने, “यो मात्र सैन्य अपरेशन होइन, यो करोडौं भारतीयको भावनाको प्रतिबिम्ब हो।” उनले अपरेशनलाई देशका आमाबुबा, दिदीबहिनी र छोरीचेलीहरूको सिन्दूर र सम्मानसँग जोडेर राष्ट्रवादको भावना उजागर गरे।

पछिल्लो समय जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि सम्पूर्ण देश एकजुट भएको स्मरण गर्दै उनले भने, “अप्रिल २२ मा भएको त्यो बर्बर हमला केवल निर्दोष नागरिकमाथिको आक्रमण मात्र थिएन, त्यो भारतको सामाजिक सद्भाव र शान्तिप्रतिको आस्थामाथिको हमला थियो।” उनले भारतीय सेनालाई पूर्ण स्वतन्त्रता दिइएको स्पष्ट पार्दै भने, “सेनाले पाकिस्तानभित्र रहेका आतङ्कवादी अड्डा र तालिम केन्द्रहरूमा लक्षित हमला गर्‍यो, जसमा १०० भन्दा बढी खतरनाक आतङ्ककारीहरू मारिए।

दशकौँदेखि पाकिस्तानमा लुकेर षड्यन्त्र गरिरहेका आतङ्कवादीहरूलाई भारतले एकै पटक समाप्त गर्‍यो।” प्रधानमन्त्री मोदीले पाकिस्तानले भारतमाथि मिसाइल र ड्रोन आक्रमणको प्रयास गरेको आरोप लगाए तर भारतको शक्तिशाली वायु रक्षा प्रणालीले ती सबै प्रयास विफल बनाएको पनि बताए। “पाकिस्तानले हमला गर्न खोज्यो, भारतले प्रतिउत्तरस्वरूप यसको आतङ्कवादी मुटुमा प्रहार गर्‍यो,” उनले दृढताका साथ भने।

उनको दाबी अनुसार अपरेशनको पहिलो तीन दिनमै पाकिस्तान ठूलो क्षतिबाट गुज्रियो, र अन्ततः मे १० मा पाकिस्तानले भारतसँग युद्धविरामको आग्रह गर्‍यो। प्रधानमन्त्रीले स्पष्ट पारे कि “अपरेशन सिन्दूर” सर्जिकल स्ट्राइक र एयर स्ट्राइकभन्दा पनि गहिरो प्रभाव पार्ने अभियान बनेको छ। यसले भारतको रक्षा नीतिमा नयाँ युगको सुरुवात गरेको र आतङ्कवादविरुद्धको ‘न्यु नर्मल’ स्थापना गरेको मोदीको भनाइ थियो।

“यदि भारतमाथि कुनै प्रकारको आतङ्कवादी हमला भयो भने, त्यसको सटीक, निर्णायक र कठोर जवाफ दिइनेछ,” उनले भने, “भारत अब कुनै पनि किसिमको न्युक्लियर ब्ल्याकमेल सहनेवाला छैन।” अन्त्यमा, प्रधानमन्त्री मोदीले विश्वसमुदायसमक्ष भारतको स्पष्ट सन्देश पुनः दोहोर्‍याए, “यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतङ्कवादको अन्त्य र पाकिस्तान अधिकृत कश्मीर (पीओके)को सवालमा मात्र हुनेछ।”

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ७ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व