१४ कार्तिक २०८३, शनिबार । October 31, 2026

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु


२९ बैशाख २०८२, सोमबार  

90
Shares

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

लुम्बिनी प्रदेश–०२००१ च ०१७७ नम्बरको डबल क्याब स्कोरपियो आज दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको हो। दाङमा बसोबास गर्दै आएका सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम (पश्चिम) ले जानकारी दिएको छ ।

उनकी ४४ वर्षीया श्रीमती लीला ओलीको चौरजहारीतर्फ उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको थियो। दुर्घटनामा नरबहादुरकी माइली आमा र गाडी चालक गम्भीर घाइते भएका छन्। उनीहरूको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

दाङबाट कुलपूजामा सहभागी हुन गाउँ गएका उनीहरू सवार स्कोरपियो अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एनपीएलमा कर्णाली याक्सको विजयी सुरुवात, जनकपुर बोल्ट्स पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले जनकपुर

एनपीएल: चितवन राइनोजसँग विराटनगर किङ्ग्स ८ रनले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किङ्ग्समाथि

एनपीएलः विराटनगर किङ्स र चितवन राइनोज भिड्दै

काठमाडौं । एनपीएलको दोस्रो दिन आज दुई खेल हुँदैछन्। पहिलो

एनपीएल सिजन ३ः किशोर र शेरको घातक बलिङ, लुम्बिनीको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा साविक