२४ आश्विन २०८३, शनिबार । October 10, 2026

कूल पूजा गर्न गएका दम्पतीको सडक दुर्घटनामा मृत्यु


२९ बैशाख २०८२, सोमबार  

90
Shares

रुकुम । सानीभेरी गाउँपालिका–१० तिमिलेमा भएको सवारी दुर्घटनामा एक दम्पतीको ज्यान गएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।

लुम्बिनी प्रदेश–०२००१ च ०१७७ नम्बरको डबल क्याब स्कोरपियो आज दिउँसो करिब २ बजेतिर दुर्घटनामा परेको हो। दाङमा बसोबास गर्दै आएका सानीभेरी–१० सार्कीमारे स्थायी ठेगाना भएका ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुकुम (पश्चिम) ले जानकारी दिएको छ ।

उनकी ४४ वर्षीया श्रीमती लीला ओलीको चौरजहारीतर्फ उपचारका लागि लैजाँदै गर्दा बाटैमा ज्यान गएको थियो। दुर्घटनामा नरबहादुरकी माइली आमा र गाडी चालक गम्भीर घाइते भएका छन्। उनीहरूको चौरजहारीस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ।

दाङबाट कुलपूजामा सहभागी हुन गाउँ गएका उनीहरू सवार स्कोरपियो अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ६ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि