७ चैत्र २०८२, शनिबार । March 21, 2026

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते


२९ बैशाख २०८२, सोमबार  

21
Shares

रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक खण्डमा सोमबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

लु.प्र. ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई अनियन्त्रित भएर झन्डै ४०० मिटर तल खस्दा सानीभेरी–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा परेर दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय जिप चालक लिलमणि भण्डारी, ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली गम्भीर घाइते भएका छन्।

उनीहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो