१ माघ २०८२, बुधबार । January 14, 2026

रुकुम पश्चिममा जिप दुर्घटनाः एकको ज्यान गयो, तीन गम्भीर घाइते



रुकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्ली–तिमिले भित्री सडक खण्डमा सोमबार बिहान जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

लु.प्र. ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई अनियन्त्रित भएर झन्डै ४०० मिटर तल खस्दा सानीभेरी–१० का ५० वर्षीय नरबहादुर ओलीको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार दुर्घटनामा परेर दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ वर्षीय जिप चालक लिलमणि भण्डारी, ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली गम्भीर घाइते भएका छन्।

उनीहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ५ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले