४ असार २०८३, बिहिबार । June 18, 2026

भारत-पाकिस्तान युद्धविरामः भारतले खोल्यो बन्द सबै विमानस्थल


२९ बैशाख २०८२, सोमबार  

15
Shares

काठमाडौं । भारत–पाकिस्तानबीच उत्पन्न तनाव अन्त्य भएसँगै भारतले बन्द गरेका सबै विमानस्थलहरू सोमबारदेखि पुनः सञ्चालनमा आएका छन्।

जम्मु–कश्मीरको पहलगाममा मे ७ मा आतंककारी आक्रमणमा २६ पर्यटकको ज्यान गएपछि भारतले तत्कालै आफ्नो सुरक्षा सतर्कता बढाउँदै ३२ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको थियो। ती विमानस्थलहरू मे १५ को बिहान ५:२९ बजेसम्मका लागि बन्द गरिएका थिए। तर, पछिल्लो चरणमा भारत र पाकिस्तानबीच युद्धविराम सम्झौता भएपछि भारतीय विमानस्थल प्राधिकरणले सबै विमानस्थलहरू पुनः खोल्ने निर्णय गरेको हो।

प्राधिकरणले एक प्रेस विज्ञप्ति जारी गर्दै विमानस्थलहरू खुला गरिएको जानकारी दिएको छ। साथै, यात्रुहरूलाई उडान तालिका तथा जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न अनुरोध गरिएको छ। इन्डिगो एयरलाइन्सले पनि सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मार्फत ट्राभल एड्भाइजरी जारी गर्दै सबै विमानस्थलहरू नागरिक उडानका लागि खोलिएको पुष्टि गरेको छ।

युद्धको सम्भावनाले प्रभावित भएको हवाई सेवा पुनः सञ्चालनमा आएपछि यात्रुहरूलाई राहत मिलेको छ। यससँगै अन्तर्राष्ट्रिय उडान सेवा पनि बिस्तारै सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ३ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा