२२ माघ २०८२, बुधबार । February 4, 2026

रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन उडान, यात्रु उत्साहित



गुल्मी । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट अब हप्तामा तीन दिन नियमित उडान हुने भएको छ।

यसअघि साप्ताहिक रूपमा मात्र सञ्चालन हुँदै आएको उडान अब आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन दिन हुने रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए। नेपाल एयरलाइन्सको टुइनेटर विमानमार्फत सेवा सञ्चालन हुँदै आएको छ। जहाज मर्मतका कारण केही समय सेवा अवरुद्ध भए पनि अहिले पुनः नियमित रूपमा उडान सुरु भएको हो।

मौसमका कारण र जहाजको अभावले नियमितता कायम राख्न कठिनाइ हुँदै आएको थियो। निगमको १८ सिट क्षमताको विमान बिहान ६ः१० बजे काठमाडौंबाट रेसुङ्गातर्फ उड्नेछ भने बिहान ७ः१५ बजे रेसुङ्गाबाट काठमाडौंका लागि प्रस्थान गर्ने तालिका तय गरिएको छ। उडान नियमित हुने भएपछि स्थानीयवासीहरूमा उत्साह देखिएको छ।

भाडादरको हिसाबले रेसुङ्गाबाट काठमाडौंका लागि रु ७,०८० र काठमाडौंबाट रेसुङ्गा आउने यात्राका लागि रु ७,२८० तोकिएको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल