१ आश्विन २०८३, बिहिबार । September 18, 2026

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा


२९ बैशाख २०८२, सोमबार  

57
Shares

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्।

सामाजिक सञ्जालमार्फत् कोहलीले आफ्नो १४ वर्ष लामो टेस्ट करिअरलाई बिदाइ दिएका हुन्। विश्व क्रिकेटमा ‘रन मेशिन’का रूपमा परिचित कोहलीले संन्यासको विषयमा भारतको क्रिकेट नियामक निकाय बीसीसीआईसँग पछिल्ला केही सातादेखि संवाद गरिरहेका थिए। यद्यपि बोर्ड र टोली व्यवस्थापनले उनलाई आगामी इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिजमा अनुभवसहित मैदानमा देख्न चाहेका थिए।

तर, कोहलीले आफ्नो निर्णयमा अडिग रहँदै संन्यास सार्वजनिक गरेका हुन्। इंग्ल्यान्डविरुद्धको पाँच टेस्ट म्याचको सिरिज जुन २० देखि सुरु हुँदैछ। कोहलीको अनुपस्थितिमा अब भारतीय टोलीले केएल राहुल, शुभमन गिल, यशस्वी जैसवाल र ऋषभ पन्त जस्ता युवा खेलाडीहरूमाथि निर्भर हुनुपर्नेछ।

कोहलीले सन् २०११ मा टेस्ट क्रिकेटमा डेब्यु गरेका थिए र अहिलेसम्म १२३ टेस्ट खेलमा ४६.८५ को औसतसहित ९,२३० रन बनाएका छन्। यसक्रममा उनले ३० शतक प्रहार गरे भने ६८ म्याचमा भारतीय टोलीको कप्तानी पनि गरे। हालैका सिरिजहरूमा भने उनको फर्मले निरन्तरता पाउन सकेन। अस्ट्रेलियाविरुद्धको बार्डर-गावास्कर ट्रफीमा उनले पाँच म्याचमा जम्मा १९० रन मात्र बनाएका थिए, जसमा पर्थमा आएको एक शतक मात्र उल्लेखनीय थियो।

त्यसपछि न्यूजिल्यान्डविरुद्धको घरेलु सिरिजमा पनि उनको प्रदर्शन अपेक्षा अनुसार रहन सकेन। यसअघि कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन्। अब उनी केवल एकदिवसीय फर्म्याटमा मात्र भारतका लागि खेल्नेछन्।

कोहलीसँगै भारतीय क्रिकेटको एउटा युग अन्त्य भएको छ। हालै रोहित शर्मा र रविचन्द्रन अश्विनले पनि टेस्ट क्रिकेटबाट संन्यास लिइसकेका छन्।

यस्तो अवस्थामा इंग्ल्यान्ड सिरिजअघि भारतले नयाँ कप्तान तोक्नुका साथै टप अर्डरमा नयाँ अनुहारहरूलाई मौका दिनुपर्नेछ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ