१ माघ २०८२, बुधबार । January 14, 2026

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास



काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य तनावपश्चात भारत र पाकिस्तानबीच आज दिउँसो १२ बजे महत्वपूर्ण वार्ता हुने भएको छ।

वार्तामा दुबै देशका सेनाका उच्च अधिकारीहरू सहभागी हुनेछन्, जहाँ संघर्षविरामको कार्यान्वयन र दीर्घकालीन शान्तिका उपायबारे छलफल गरिनेछ। यो संवादको पृष्ठभूमि गत अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी आक्रमणसँग जोडिएको छ, जहाँ एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो।

उक्त घटनापछि सीमावर्ती क्षेत्रमा तनाव चुलिँदै भारत र पाकिस्तानबीच गोलीबारी सुरु भएको थियो। चार दिनसम्मको झडपपछिको कूटनीतिक पहलस्वरूप २०७२ वैशाख १० गते (१० मे २०२५) देखि साँझ ५ बजेदेखि संघर्षविराम लागू गरिएको थियो। यद्यपि, संघर्षविरामपछि पनि केही समयसम्म सीमा क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधि जारी रहे, जसको दोष दुबै पक्षले एकअर्कालाई लगाएका थिए।

आज हुने वार्तामा संघर्षविरामको निगरानी, विश्वासको पुनःनिर्माण, र आगामी सैन्य संलग्नता रोक्नका उपायहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। भारतले यस वार्तालाई पूर्णतः द्विपक्षीय सैन्य संवादको रूपमा लिएको छ र तेस्रो पक्षको कुनै पनि मध्यस्थता अस्वीकार गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले संघर्षविराममा भूमिका खेलेको दाबी गरे पनि भारतले ती दाबीलाई अस्वीकार गर्दै समाधान पूर्णतः भारत–पाकिस्तान संवादबाट सम्भव भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघसहित थुप्रै अन्तर्राष्ट्रिय निकायहरूले भारत–पाकिस्तानबीचको संवाद र संघर्षविरामलाई स्वागत गरेका छन् र दीर्घकालीन क्षेत्रीय शान्तिको आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले