११ श्रावण २०८३, सोमबार । July 27, 2026

भारत–पाकिस्तानबीच वार्ता आज, चार दिने सैन्य तनावपछि संवादको प्रयास


२९ बैशाख २०८२, सोमबार  

18
Shares

काठमाडौं । पछिल्ला चार दिनदेखि सीमा क्षेत्रमा जारी भीषण सैन्य तनावपश्चात भारत र पाकिस्तानबीच आज दिउँसो १२ बजे महत्वपूर्ण वार्ता हुने भएको छ।

वार्तामा दुबै देशका सेनाका उच्च अधिकारीहरू सहभागी हुनेछन्, जहाँ संघर्षविरामको कार्यान्वयन र दीर्घकालीन शान्तिका उपायबारे छलफल गरिनेछ। यो संवादको पृष्ठभूमि गत अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी आक्रमणसँग जोडिएको छ, जहाँ एक नेपाली नागरिकसहित २६ जनाको ज्यान गएको थियो।

उक्त घटनापछि सीमावर्ती क्षेत्रमा तनाव चुलिँदै भारत र पाकिस्तानबीच गोलीबारी सुरु भएको थियो। चार दिनसम्मको झडपपछिको कूटनीतिक पहलस्वरूप २०७२ वैशाख १० गते (१० मे २०२५) देखि साँझ ५ बजेदेखि संघर्षविराम लागू गरिएको थियो। यद्यपि, संघर्षविरामपछि पनि केही समयसम्म सीमा क्षेत्रमा गोलीबारी र ड्रोन गतिविधि जारी रहे, जसको दोष दुबै पक्षले एकअर्कालाई लगाएका थिए।

आज हुने वार्तामा संघर्षविरामको निगरानी, विश्वासको पुनःनिर्माण, र आगामी सैन्य संलग्नता रोक्नका उपायहरूबारे छलफल हुने अपेक्षा गरिएको छ। भारतले यस वार्तालाई पूर्णतः द्विपक्षीय सैन्य संवादको रूपमा लिएको छ र तेस्रो पक्षको कुनै पनि मध्यस्थता अस्वीकार गरेको छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले संघर्षविराममा भूमिका खेलेको दाबी गरे पनि भारतले ती दाबीलाई अस्वीकार गर्दै समाधान पूर्णतः भारत–पाकिस्तान संवादबाट सम्भव भएको जनाएको छ।

संयुक्त राष्ट्रसंघसहित थुप्रै अन्तर्राष्ट्रिय निकायहरूले भारत–पाकिस्तानबीचको संवाद र संघर्षविरामलाई स्वागत गरेका छन् र दीर्घकालीन क्षेत्रीय शान्तिको आशा व्यक्त गरेका छन्।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  १० : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर