२३ बैशाख २०८३, बुधबार । May 6, 2026

टेस्ट क्रिकेटबाट विराटको सन्यास ! बीसीसीआई छलफलमा, गिल नेतृत्वको दौडमा ?


२८ बैशाख २०८२, आइतबार  

273
Shares

मुम्बई । भारतीय क्रिकेटका स्टार खेलाडी विराट कोहलीले अचानक टेस्ट क्रिकेटबाट सन्यास लिने तयारीमा रहेको खबर बाहिर आएको छ।

उनले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई यसबारेमा जानकारी गराइसकेको बताइएको छ। तर बीसीसीआईले भने कोहलीलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गर्दै उनलाई सम्झाउने प्रयास गरिरहेको छ। आगामी दिनमा कोहलीले के निर्णय गर्छन् भन्ने चासो अहिले सबैको बीचमा छ।

कोहलीको आकस्मिक निर्णयले क्रिकेट प्रेमी र विश्लेषकहरूलाई अचम्ममा पारेको छ। कतिपयको अनुमान छ—संभावित नेतृत्व परिवर्तन र आफूलाई बेवास्ता गरिएजस्तो महसुस भएपछि कोहलीले यस्तो कदम चाल्नुपरेको हो। विश्वसनीय भारतीय सञ्चारमाध्यमहरूका अनुसार बीसीसीआईले इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजमा विराटलाई कप्तानी जिम्मेवारी दिन चाहेको थियो। बोर्डका निकट स्रोतले पीटीआईलाई बताए अनुसार, यो कदम शुभमन गिललाई भविष्यको कप्तान बनाउन आवश्यक समय दिनकै लागि सोचिएको थियो।

तर अर्कोतर्फ, केही रिपोर्टहरूले भने शुभमन गिल नै पहिलो रोजाइमा परेको दाबी गरेका छन्। जसपनि, गिल हालैका दुई आईपीएल सिजनमा कप्तानी गरिसकेका छन् र उनले अन्तर्राष्ट्रिय स्तरमा पनि उपकप्तानको भूमिका सम्हालिसकेका छन्। डब्ल्यूटीसीको नयाँ चरण इंग्ल्याण्डविरुद्धको सिरिजबाट सुरु हुँदैछ। यही सिरिजमा नेतृत्व परिवर्तन हुने सम्भावनाले कोहलीलाई असन्तुष्टि दिएको अड्कल गरिएको छ।

उता, जसप्रित बुमराहको फिटनेसका कारण उनी कप्तानीका लागि मुख्य दाबेदारका रूपमा नरहेपछि उपकप्तानीका लागि ऋषभ पन्तको नाम चर्चामा आएको छ। बीसीसीआई स्रोतहरूका अनुसार, बुमराहले कप्तान नहुने अवस्था आए उपकप्तान बनाउने कुराको औचित्य छैन भन्ने धारणा छ।

हालको परिस्थितिले स्पष्ट संकेत गर्छ कि भारतीय टिममा नेतृत्वको विषयमा आन्तरिक द्वन्द्व र रणनीतिक छलफल तीव्र रूपमा अघि बढिरहेको छ। विराट कोहलीले सन्यासका विषयमा के अन्तिम निर्णय लिन्छन् भन्ने प्रतीक्षा अब सबैले गरिरहेकै छन्।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ३ : ०१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको

सेरी–पान्तडी सडकखण्डमा राजनीतिः शक्तिको आडमा रुट नै परिवर्तन

सुर्खेत । कर्णाली प्रदेशको अति महत्वको ‘सुर्खेत–जुम्ला’ सडकको निर्माण कालिकोट