२ कार्तिक २०८३, सोमबार । October 19, 2026

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु


२८ बैशाख २०८२, आइतबार  

51
Shares

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य १४ जना गम्भीर घाइते भएका छन्।

बौद्ध धर्मावलम्बी तीर्थयात्रीहरू सवार सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्रको कोटमाले हुँदै जाँदै गर्दा गहिरो भीरबाट खसेको थियो। प्रहरीका अनुसार उक्त बसमा करिब ७० जना यात्रु थिए, जुन सिट क्षमताभन्दा २० जना बढी हो। दशकौंदेखिको सबैभन्दा खतरनाक सडक दुर्घटनामध्ये यो एक मानिएको छ।

दुर्घटनास्थलमै १५ जनाले ज्यान गुमाएका थिए भने अन्य ६ जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी अधिकारीहरूले जनाएका छन्। दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको बताइएको छ। बस श्रीलंकाको दक्षिणी भागमा अवस्थित प्रमुख तीर्थस्थल कातारागामाबाट केन्द्रीय शहर कुरुनेगालातर्फ गइरहेको थियो, जुन करिब २५० किलोमिटर टाढा पर्छ। श्रीलंकामा सडक दुर्घटनाको संख्या निकै उच्च रहेको छ।

प्रत्येक वर्ष औसतमा तीन हजारभन्दा बढी सडक दुर्घटना हुने गरेका कारण यहाँका सडकहरू विश्वकै खतरनाक मार्गहरूमध्ये पर्छन्।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  २ : ५० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि