९ जेष्ठ २०८२, बिहिबार । May 22, 2025

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना



काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस कारणले देशका अधिकांश पहाडी तथा केही तराई क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। वर्तमानमा देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा छ। हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बदली रहनेछ, जहाँ कतिपय स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मधेस प्रदेशसहित लुम्बिनीका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

यस्तै सम्भावना रातिको समयमा पनि कायमै रहनेछ। आज राति पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, जबकि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोले महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तोलामा ५ हजारले बढ्यो सुनको भाउ

काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको यात्रा

काठमाडौं । कृषिमा आधुनिकीकरण र प्रविधिको समावेशका बारेमा लामो समयदेखि

राष्ट्र बैंकले पायो नयाँ नेतृत्वः विश्व पौडेल बने १८ औँ गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व

नेप्सेमा उत्साहजनक वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । शेयर बजार आज उल्लेखनीय रूपमा उकालो लागेको छ।

भीमफेदीको छैसठ्ठी मोडमा विङ्गर दुर्घटना : १४ जना घाइते, ३ को अवस्था गम्भीर

मकवानपुर । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–९ स्थित त्रिभुवन राजपथको छैसठ्ठी