१ आश्विन २०८३, बिहिबार । September 17, 2026

पश्चिमी र स्थानीय वायुको प्रभावः देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना


२८ बैशाख २०८२, आइतबार  

165
Shares

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस कारणले देशका अधिकांश पहाडी तथा केही तराई क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ। वर्तमानमा देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतः सफा छ। हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा बदली रहनेछ, जहाँ कतिपय स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। मधेस प्रदेशसहित लुम्बिनीका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ भने हिमाली क्षेत्रमा हल्का वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

यस्तै सम्भावना रातिको समयमा पनि कायमै रहनेछ। आज राति पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ, जबकि अन्य भूभागहरूमा मौसम सामान्यतया सफा हुने महाशाखाले जनाएको छ। कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।

कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेकोले महाशाखाले जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  १० : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ