२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

भारत–पाकिस्तान युद्धविरामः जम्मू-कश्मिर क्षेत्रमा उच्च सतर्कता



काठमाडौं । भारत र पाकिस्तानबीच हालैको सैन्य तनाव शान्तिपूर्ण दिशातर्फ मोडिए पनि भारत प्रशासित जम्मू-कश्मिर क्षेत्रमा अझै पनि उच्च सतर्कता अपनाइएको छ।

चार दिनसम्म चुलिएको तनाव शनिबार साँझ ५ बजेदेखि अकस्मात् युद्धविरामको घोषणासँगै थामिएको थियो। हिन्दुस्तान टाइम्सका अनुसार, युद्धविरामपछि पनि भारत(पाकिस्तान सीमा क्षेत्रहरूमा भारतीय सुरक्षाकर्मीहरू उच्च सतर्क अवस्थामा खटिएका छन्। विशेषगरी जैश-ए-मोहम्मद आतंकी समूहका घुसपैठ प्रयासहरू हुन सक्ने भन्दै सुरक्षा संयन्त्रहरू चनाखो बनाइएका छन्।

शनिबार युद्धविराम भएको घोषणा भए पनि पाकिस्तानले श्रीनगरलगायतका केही क्षेत्रहरूमा हवाइ आक्रमण गरेको रिपोर्टहरू सार्वजनिक भएका छन्। रातको समयमा पाकिस्तानी ड्रोनहरू देखिएपछि पठानकोट, गुरदासपुर र बठिन्डाजस्ता क्षेत्रमा ब्ल्याकआउट गरिएको थियो भने साइरनसमेत बजाइएको थियो।

पाकिस्तानले युद्धविराम उल्लंघन गरेको आरोप लगाउँदै भारतले आफ्ना सबै रक्षा प्रणालीहरू सक्रिय बनाएको थियो। यद्यपि, त्यसपछि पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले एक्समार्फत युद्धविरामको स्वागत गरेका थिए, जसपछिनै पाकिस्तानको विदेश मन्त्रालयले आधिकारिक रूपमा शान्तिपूर्ण बाटोमा अडिग रहेको विज्ञप्ति जारी गरेको हो।

भारतले जम्मूकश्मिरको पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी हमलामा पाकिस्तानको संलग्नता देखाउँदै अपरेसन सिन्दुर सञ्चालन गरेर कारबाही सुरू गरेको थियो।

जवाफमा पाकिस्तानले अपरेसन बनयान-उल-मर्सुस घोषणा गर्दै प्रतिआक्रमण गरेको थियो।

प्रकाशित मिति : २८ बैशाख २०८२, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको