४ असार २०८३, बिहिबार । June 18, 2026

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित


२६ बैशाख २०८२, शुक्रबार  

168
Shares

काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले सिधा असर क्रिकेटमा पनि परेको छ।

यसै सन्दर्भमा भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेलहरू स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो। क्रिक इन्फोको रिपोर्टअनुसार यसबारे चाँडै औपचारिक घोषणा गरिनेछ।

यो निर्णय बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलको क्रममा आएको हो। खेल पहिलो इनिङमै रद्द गरिएको थियो, किनभने धर्मशालाको विमानस्थलसहित वरपरका क्षेत्रका हवाई सेवा बन्द गरिएको थियो। त्यसपछि दुवै टोलीका खेलाडी र स्टाफलाई विशेष रेलमार्फत दिल्ली पुर्‍याइएको थियो। आईपीएल २०२५ मा अहिलेसम्म ५८ खेल सम्पन्न भइसकेका छन्, जसमा धर्मशालाको अधुरो खेल पनि पर्छ।

समूह चरणमा अझै १२ खेल बाँकी छन्, जसमा हैदराबाद र अहमदाबादमा ३/३ खेल, दिल्ली, चेन्नई, बेंगलोर र लखनऊमा २/२ खेल तथा मुम्बई र जयपुरमा १/१ खेल हुने तालिका थियो। त्यसपछि हैदराबाद र कोलकातामा प्ले अफका खेलहरू गरिने कार्यक्रम थियो। तर ती सबै अनिश्चित बनेका छन्।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पनि भारतसँगको तनावको प्रभाव स्वरूप पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू युएईमा सार्ने निर्णय गरेको छ।

स्थिति सहज नहुन्जेल दुबै देशका ठूला क्रिकेट प्रतियोगिताहरू अनिश्चितकालका लागि प्रभावित भएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा