२९ पुस २०८२, मंगलबार । January 14, 2026

भारत–पाकिस्तान तनावः आईपीएल २०२५ स्थगित



काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो कूटनीतिक र सैन्य तनावले सिधा असर क्रिकेटमा पनि परेको छ।

यसै सन्दर्भमा भारतको चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का बाँकी खेलहरू स्थगित गरिएको छ। भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले देशको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै बाँकी खेलहरू स्थगित गर्ने निर्णय लिएको हो। क्रिक इन्फोको रिपोर्टअनुसार यसबारे चाँडै औपचारिक घोषणा गरिनेछ।

यो निर्णय बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेलको क्रममा आएको हो। खेल पहिलो इनिङमै रद्द गरिएको थियो, किनभने धर्मशालाको विमानस्थलसहित वरपरका क्षेत्रका हवाई सेवा बन्द गरिएको थियो। त्यसपछि दुवै टोलीका खेलाडी र स्टाफलाई विशेष रेलमार्फत दिल्ली पुर्‍याइएको थियो। आईपीएल २०२५ मा अहिलेसम्म ५८ खेल सम्पन्न भइसकेका छन्, जसमा धर्मशालाको अधुरो खेल पनि पर्छ।

समूह चरणमा अझै १२ खेल बाँकी छन्, जसमा हैदराबाद र अहमदाबादमा ३/३ खेल, दिल्ली, चेन्नई, बेंगलोर र लखनऊमा २/२ खेल तथा मुम्बई र जयपुरमा १/१ खेल हुने तालिका थियो। त्यसपछि हैदराबाद र कोलकातामा प्ले अफका खेलहरू गरिने कार्यक्रम थियो। तर ती सबै अनिश्चित बनेका छन्।

यसैबीच, पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पनि भारतसँगको तनावको प्रभाव स्वरूप पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेलहरू युएईमा सार्ने निर्णय गरेको छ।

स्थिति सहज नहुन्जेल दुबै देशका ठूला क्रिकेट प्रतियोगिताहरू अनिश्चितकालका लागि प्रभावित भएका छन्।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  १ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले