१ माघ २०८२, बुधबार । January 14, 2026

महिला टी-२० विश्वकप छनोटः आज हङकङ र नेपाल भिड्दै



काठमाडौं । नेपाली महिला क्रिकेट टोली आजदेखि महिला टी-२० विश्वकप २०२६ को एशिया छनोट अभियान सुरु गर्दैछ।

थाइल्यान्डको एशियन टेक्नोलोजी मैदानमा बिहान ८ः४५ बजे नेपालले समूह ‘सी’ अन्तर्गत हङकङसँग प्रतिस्पर्धा गर्नेछ। यो प्रतियोगितामा आयोजक थाइल्यान्डसहित नेपाल, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र यूएई गरी नौ टोली सहभागी छन्। नेपाल समूह सी मा हङकङ र बहराइनसँग परेको छ।

समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्यान्ड रहेका छन् भने समूह ‘बी’ मा मलेसिया, कतार र यूएई रहेका छन्। समूह चरणमा टोलीहरूले एकअर्काविरुद्ध दुई पटक खेल्नेछन्। प्रत्येक समूहको शीर्ष टोलीले सुपर थ्री चरणमा स्थान बनाउनेछ। त्यसपछि सुपर थ्रीमा उत्कृष्ट दुई टोलीले आगामी ग्लोबल छनोटका लागि क्वालिफाइ गर्नेछन्।

नेपाल र हङकङबीचको टी-२० प्रतिस्पर्धा अघिल्ला पाँच भेटमा रोमाञ्चक देखिएको छ। नेपालले दुई पटक जित हात पारेको छ भने हङकङले पनि दुई खेलमा विजयी नतिजा निकालेको छ। बाँकी एक खेल भने वर्षाका कारण रद्द भएको थियो।

नेपालका लागि आजको खेल महत्वपूर्ण रहनेछ, जसले विश्वकपको यात्रालाई अझ स्पष्ट दिशामा लैजानेछ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले