२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

पश्चिमी वायुको प्रभाव बढ्दोः आज कुन-कुन ठाउँमा छ बर्षाको सम्भावना ?


२६ बैशाख २०८२, शुक्रबार  

183
Shares

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुले प्रभाव जमाउँदै लगेको छ।

साथै, बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले मौसममा परिवर्तन देखा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो मुलुकका पहाडी भेगहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने तराई तथा बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।

विशेषगरी हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात पनि हुनसक्नेछ। रातिको समय पनि केही फरक हुने छैन। देशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्यत्र मौसम प्रायः सफा रहनेछ।

एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना कायमै रहने मौसमविद्हबचले बताएका छन्। यात्रा, खेतीपाती वा पर्वतारोहणका योजना बनाइरहेका व्यक्तिहरूलाई मौसममा देखिएको यो परिवर्तनलाई ध्यानमा राखी आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार  ७ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ