२९ पुस २०८२, मंगलबार । January 14, 2026

एकैदिन तोलामा ६ सयले बढ्यो सुनको मूल्य! आज कति पुग्यो ?



काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भएको सामान्य वृद्धिको असर नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ।

बिहीबार एक तोला छापावाला सुनको मूल्य १ लाख ९२ हजार २ सय रुपैयाँ कायम गरिएको महासङ्घले जनाएको छ। अघिल्लो दिन अर्थात् बुधबार यसको मूल्य १ लाख ९१ हजार ६ सय रुपैयाँ रहेको थियो।

यस्तै, आज चाँदीको मूल्य भने केही घटेर १ हजार ९५५ रुपैयाँमा झरेको छ। बुधबार प्रतितोला चाँदी १ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको उच्च मूल्य स्थिर

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औँस ३ हजार ३९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। पछिल्लो समय अमेरिकी मुद्रास्फीति, आर्थिक अनिश्चितता र भू-राजनीतिक तनावका कारण लगानीकर्ताहरू सुनतर्फ आकर्षित भइरहेका छन्, जसको प्रत्यक्ष असर स्थानीय बजारमा पनि देखिएको हो।

नेपालमा सुनको मूल्य आयातमा निर्भर हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा आएको सानो उतारचढावले पनि तत्काल असर पार्ने गर्दछ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  १२ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले