१ माघ २०८२, बुधबार । January 14, 2026

आईपीएलः चेन्नईको रोमाञ्चक जितले कोलकाताको प्लेअफ सपना संकटमा



एजेन्सी । गत सिजनको च्याम्पियन कोलकाता नाइट राइडर्सले जारी आइपीएलमा कमजोर लय कायम राख्दै लिगको पुछारमा रहेको चेन्नई सुपर किङ्ससँग रोमाञ्चक हार ब्यहोरेको छ।

चेन्नईले १८० रनको लक्ष्य १९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्‍यो र २ बल बाँकी छँदै २ विकेटले जित हात पार्‍यो। कोलकाताका लागि यो हार निकै महँगो सावित भयो, जसका कारण अब प्लेअफ पुग्ने सम्भावना केवल गणितीय आधारमा मात्र बाँकी छ।

चेन्नईका ओपनर आयुष महतरा र डेभोन कनवे शून्यमा आउट हुँदा इनिङ्स सुरुवातमै संकटमा परेको थियो। त्यसपछि पनि उर्भिल पटेल (३१), रविचन्द्रन आश्विन (८) र रविन्द्र जडेजा (१९) सस्तामा आउट हुँदै पवेलियन फर्किए। चेन्नईको स्कोर ५ विकेट गुमाएर ६० रन हुँदा खेल कोलकाताको पक्षमा देखिएको थियो। तर, त्यसपछि मैदानमा आएका डेवाल्ड ब्रेभिस र शिवम दुबेले ६७ रनको महत्वपूर्ण साझेदारी गर्दै चेन्नईलाई जितको नजिक पुर्‍याए।

ब्रेभिसले २५ बलमा ४ चौका र ४ छक्का सहित अर्धशतक पूरा गरे। खेलको अन्तिम चरण थप रोमाञ्चक बन्यो। अन्तिम ८ बलमा १० रन आवश्यक हुँदा शिवम दुबे ४४ रनमा आउट भए। तर, कप्तान महेन्द्रसिंह धोनी र अंशुलले संयमित ब्याटिङ गर्दै चेन्नईलाई जित दिलाए। धोनी १७ रन र अंशुल ४ रनमा अविजित रहे।

बलिङमा कोलकाताका वैभव अरोराले प्रभावशाली प्रदर्शन गर्दै ३ ओभरमा ४८ रन खर्चिएर ३ विकेट लिए। हर्षित राना र वरुण चक्रवर्तीले २–२ विकेट झारे। यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १७९ रन बनाएको थियो। कप्तान अजिन्के राहानेले ४८ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे भने आन्द्रे रसलले ३८ र मनिष पाण्डेले अविजित ३६ रन जोडे। सुनिल नराइनले पनि २६ रन बनाए।

चेन्नईका बलर नुर अहमदले ४ ओभरमा ३१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। यो जितसँगै चेन्नईले तेस्रो जित दर्ता गर्दै ६ अंक बनाएको छ भने कोलकाता ११ अंकसहित छैटौं स्थानमा सीमित भएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russian Foreign Ministry Calls Kherson Drone Strike ‘Terrorist Attack’ on Civilians

Kathmandu, Russia’s Ministry of Foreign Affairs has condemned what it

इक्यान सचिवमा कार्कीको उम्मेदवारी घोषणा, यस्ता छन् प्रतिबद्धता

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आगामी पुस २८

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले