२० मंसिर २०८२, शुक्रबार । December 5, 2025

युद्ध शुरु भएदेखि गाजामा १६ हजारभन्दा बढी बालबालिकाको मृत्यु



एजेन्सी । गाजामा जारी इजरायली आक्रमणले बालबालिकामाथि गम्भीर मानवीय संकट निम्त्याएको छ।

अक्टोबर ७, २०२३ मा सुरु भएको आक्रमणपछि हालसम्म गाजा पट्टीमा १६ हजार २ सय ७८ बालबालिकाहरू मारिएको जानकारी सार्वजनिक गरिएको छ। दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा फिल्ड अस्पतालका निर्देशक डा.मारवान अल–हम्सले यो तथ्य सार्वजनिक गरेका हुन्।

मृत्यु हुने बालबालिकामध्ये ९०८ जना शिशु र ३११ जना नवजात शिशु जन्मिएलगत्तै ज्यान गुमाएका थिए। डा. अल–हम्सका अनुसार मार्चको सुरुमा इजरायलले प्रवेश नाकाहरू बन्द गरेपछि गाजाको मानवीय अवस्था झनै जटिल बन्दै गएको छ। आवश्यक स्वास्थ्य सेवा पूर्ण रूपमा प्रभावित भएका कारण गर्भवती महिला र बालबालिकाहरूको अवस्था चिन्ताजनक बनेको छ। हजारौं बालबालिका उपचार र पोषणको अभावमा एक अपूर्ण खानामै गुजारा गरिरहेका छन्।

इजरायली आक्रमणले गाजाको पूर्वाधार ध्वस्त बनाएको र अन्तर्राष्ट्रिय मानवीय सहायता रोकेको आरोप उनले लगाएका छन्। पिउने पानी, औषधोपचार र खानाको पहुँच अत्यन्तै सिमित छ। इजरायली कारबाही सुरु भएदेखि हालसम्म ५२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेको गाजाली अधिकारीहरूले जनाएका छन्।

मार्च १८ देखि पुनः तीव्र बनेको आक्रमणमा मात्रै झण्डै २५ सय मानिस मारिएका छन्।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १२ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको