४ असार २०८३, बिहिबार । June 18, 2026

भारत–पाकिस्तान तनावले हवाई उडानमा ठूलो असर, दर्जनौं उडान रद्द


२४ बैशाख २०८२, बुधबार  

39
Shares

एजेन्सी । भारत र पाकिस्तानबीचको सैन्य तनाव चुलिँदै गएसँगै हवाई सेवामा ठूलो असर परेको छ।

भारत र पाकिस्तान दुबै देशका प्रमुख विमानस्थलहरू प्रभावित भएका छन् भने अन्तर्राष्ट्रिय उडानहरू पनि स्थगित गर्न थालिएको छ। भारतले पाकिस्तानमा लक्षित सैन्य कारबाही गरेपछि स्थिति असामान्य बन्दै गएपछि भारतीय विमान कम्पनीहरू — एअर इन्डिया, स्पाइसजेट र इन्डिगोले तत्काल ट्राभल एड्भाइजरी जारी गरेका छन्। एअर इन्डियाले जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोट गन्तव्यका सबै उडानहरू हालका लागि रद्द गरेको जनाएको छ।

स्पाइसजेटले धर्मशाला, लेह, जम्मू, श्रीनगर र अमृतसरजस्ता संवेदनशील क्षेत्रहरूमा अर्को सूचना नआउन्जेल उडान सेवा बन्द गरिएको जनाएको छ। इन्डिगो एयरलाइन्सले पनि आफ्नो उडान कार्यक्रम प्रभावित भएको जानकारी दिँदै यात्रुहरूलाई अवस्था हेरेर मात्र यात्रा योजना बनाउन सल्लाह दिएको छ। तीन वटै विमान कम्पनीहरूले यात्रुहरूलाई आफ्नो उडान जानकारी पहिले नै अनलाइन वा हेल्पलाइनमार्फत बुझ्न र त्यसपछि मात्र विमानस्थल जान आग्रह गरेका छन्।

यसैबीच पाकिस्तानी अधिकारीहरूले लाहोर, कराँची र इस्लामाबाद सहितका प्रमुख शहर समेटिने हवाई क्षेत्रहरू बन्द गरेका छन्। यसले अन्तर्राष्ट्रिय उडानमा पनि असर पुर्‍याएको छ। कतार एअरवेज, एअर फ्रान्स र लुफ्थान्सा जस्ता अन्तर्राष्ट्रिय एअरलाइन्सले पाकिस्तानका लागि उडानहरू स्थगित गरेका छन्। कतार एअरवेजले यात्रु र चालक दलको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै स्थिति सामान्य नहुञ्जेलका लागि उडान बन्द गरिएको जनाएको छ।

एअर फ्रान्सले पाकिस्तान र नजिकका गन्तव्यहरूको लागि उडान तालिका परिवर्तन गरिरहेको जनाउँदै अर्को सूचना नआउन्जेल उडान रोकिएको स्पष्ट पारेको छ। त्यस्तै लुफ्थान्साले पनि पाकिस्तानी हवाई क्षेत्रबाट उडान नगर्ने निर्णय लिएको छ। क्षेत्रीय तनावका कारण हवाई क्षेत्रमा यस्तो अवरोध देखा परेको सम्भवतस् पछिल्लो केही वर्षको सबभन्दा गम्भीर घटना हो।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  १० : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा